अक्षयकुमारको ‘इट्स इन्टरटेनमेन्ट’ पोष्टर तथा टेलर सार्वजनिक ।

[dropcap][/dropcap]लिउडमा एक्सन किङको छवि बनाएका अभिनेता अक्षयकुमारको महत्वकांक्षि चलचित्र ‘इट्स इन्टरटेनमेन्ट’ को पोष्टर तथा टेलर सार्वजनिक गरिएको छ ।10336695_834124376628142_4623658161086007940_nअक्षय कुमार , तमन्चा भाटिया , मिथुन चक्रवर्ती , प्रकाश राज,जोंनी लिवर आदिको अभिनय रहेको चलचित्र ‘इट्स इन्टरटेनमेन्ट’ अगष्ट ८ बाट प्रदर्शन आउदै छ । फरहद -सजिदको निर्देशन रहेको चलचित्रलाई रमेश यस. तौरानी निर्माण गरेका हुन् भने चलचित्रमा सचिन जिगर संगीत रहेको छ ।शम् कौशलको एक्शन ,के,सुभाषको कथा ,मनोज सोनीको छायांकन ,रिमो दिसौज़ाको नुत्य तथा स्तेवेन बेनार्डको सम्पादन रहेको चलचित्र ‘इट्स इन्टरटेनमेन्ट’ कमेडी श्रेणीमा निर्माण गरिएको चलचित्र हो ।स्मरण रहोस अक्षयको फिल्म होलिडे प्रदर्शनको तयारीमा छ । होलिडे अगामी जुन ६ मा रिलिज हुदैछ ।केहि दिन अघि मात्रै चलचित्र ‘बबी’ छायांकनको लागि अक्षयकुमार नेपाल आएका थिए । उक्त फिल्म टोलीले काठमण्डौको होटल हायात रेजन्सी, ठमेल, भक्तपुर तथा त्रिभुवन बिमानस्थल लगायतको स्थाहरुमा फिल्म खिचेका थिए ।

Namaste Filmy

Read Previous

१२ बर्षमै ग्याङरेप भएको थियो, यी सेक्सी हिरोइनको ।

Read Next

फिल्मको हिरोकै यस्तो हालत । हेर्नुहोस भिडियो ।