

चलचित्र ‘कबड्डी ४’का लागि दुई नायिका फाइनल भएका छन् ।चलचित्रको लागि अभिनेत्री मिरुना मगर र गौमाया यात्री अनुबन्धित भएका हुन् ।अभिनेत्री मिरुनाले यस अघि ‘लालपूर्जा, रोज र च च हुई’मा अभिनय गरिसकेकी छन् । भने गौमाया भ्लगर हुन् । उनी यहि चलचित्रबाट डेब्यू गर्दैछिन् ।

चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भैसकेका छन् ।रामबाबु गुरुङले निर्देशन गर्न लागेको यस चलचित्रलाई ‘फाइनल म्याच’ भन्दै आएका छन् ।
वैशाखबाट छायांकनमा जाने यस चलचित्रको स्क्रिप्ट निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका छन् ।बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘कबड्डी ४’मा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी छ । चलचित्र असोज १५ गते प्रदर्शन गर्ने मिति घोषणा गरिसकेको छ ।
