

चलचित्र ‘माइतीघर’को सिक्वेलको रुपमा ‘माइती घर २’ निर्माण हुने भएको छ । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले ‘माइती घर २’ निर्माण गर्न लागेका हुन् ।यो चलचित्रलाई निर्माता भूवन केसीले आफ्नो ब्यानरमा दर्ता समेत गरिसकेका छन् ।

चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिनेछन् । नायिका भने फाइनल गरिएको छैन । लभ स्टोरी कथामा बन्ने यो चलचित्रमा अनमोलको गेटअप परिवर्तन हुने वुझिएको छ । अन्य कलाकार र प्राविधिक भने फाइनल हुन बाँकी रहेको छ ।
निर्माता भूवन केसीले आफ्नै निर्माण कम्पनी सुपर काजोल ब्यानरमा चलचित्र ‘पारस’ पनि बनाउने तयारी गरेका छन् । तर, ‘माइतीघर २ र पारस’ मध्ये कुन चलचित्र पहिले बन्ने भन्ने बिषयमा पक्का नगरिएको भूवनले बताए ।
धेरै पुरानो निर्माण भएको चलचित्र ‘माइतीघर’ विएस थापाले निर्देशन गरेका थिए, भने निर्माण सुमाञ्जली फिल्म्सले गरेको थियो । चलचित्रमा माला सिन्हा, सिपी लोहनी लगायत कलाकारको अभिनय रहेको थियो ।
