शोभित बस्नेतको ‘डाँडाको बरपीपल’मा सलोन बस्नेतले रुविना थापासग रोमान्स गर्ने

बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ फिल्म ‘डाँडाको बरपीपल’को आगामी वैशाख २२ गतेबाट छायांकन सुरु हुने भएको छ । शोभित बस्नेतको निर्देशन रहने फिल्ममा सलोन बस्नेतको जोडी रुविना थापा हुनेछिन् । फिल्मका लागि रुविनाले महंगो पारिश्रमिक लिएको बुझिएको छ ।

फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराज गरचको पनि अभिनय रहनेछ । निर्देशक शोभितले फिल्म पारिवारिक कथामा बन्ने बताए । ७५ दिनको छायांकन तालिका रहेको फिल्म काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डो तालमा खिचिनेछ ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ ।

Namaste Filmy

Read Previous

रामकृष्ण ढकाल र अस्मिता अधिकारीको स्वरमा ‘सोचे भन्दा फरक संसार’को भिडियो सार्वजनिक

Read Next

तमिल फिल्मका लोकप्रिय अभिनेता विवेकको निधन