बेनिशा हमालको मुख्य भूमिका चलचित्र ‘प्रेमगन्ज’को छायाँकन सुरु

नेपाली चलचित्र ‘प्रेमगन्ज’को छायाँकन सुरु भएको छ ।चलचित्रको छायाँंकन सोमबार काभ्रेबाट सुरु भएको हो । चलचित्रमा अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको छ ।बेनिशाको अलवा तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाललगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेका चलचित्रलाई ४० दिनसम्म खिचिने निर्माणपक्षले बताएको छ ।चलचित्रलाई काभ्रेसँगै काठमाडौंमा पनि खिचिनेछ ।परिच्छेद सेनले चलचित्र ‘प्रेमगन्ज’लाई निर्देशन गर्दैछन् ।

चलचित्र ‘प्रेमगन्ज’ लाई संजय लामाको छायांकन गर्दैछन् । राजु फुयाँलको लगानी रहने यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् ।

Namaste Filmy

Read Previous

कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण

Read Next

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण,चलचित्र ‘घिन्ताङ’को सुटिंग रोकियो