नायिका केकी अधिकारीलाई कोरोना संक्रमण,चलचित्र ‘घिन्ताङ’को सुटिंग रोकियो

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।केकीलाई कोरोना भए सगै सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ ।

आफूमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी केकीले दोस्रो पटक पनि परीक्षण गराएकी थिइन्। दुवै पटक उनमा कोरोना पोजेटिभ देखिएको हो । केकी अहिले घरमै आइसोलेट भएकी छन्।

दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने निर्माणपक्षको योजना थियो । तर, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको हो ।

यसअघि पनि चलचित्रको छायांकन सुरु गर्ने तयारी भैरहँदा निर्देशक दीपक श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएको थियो ।चलचित्रको छायांकन पनौतीबाट सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । यसका लागि चलचित्रको केही यूनिट पनौती पनि पुगिसकेको वुझिएको छ ।

Namaste Filmy

Read Previous

बेनिशा हमालको मुख्य भूमिका चलचित्र ‘प्रेमगन्ज’को छायाँकन सुरु

Read Next

धीरज मगर र अदीति बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को छायाँंकन सुरु