धीरज मगर र अदीति बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को छायाँंकन सुरु

फिल्म ‘बाबरी’को छायाँंकन सुरु भएको छ । पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै सोमबारबाट फिल्म छायाँकनका लागि फ्लोरमा निस्किएको हो ।
सुरेन्द्र पौडेलको मुख्य निर्देशन रहेको फिल्ममा धीरज मगर र अभिनेत्री अदीति बुढाथोकीको मुख्य भूमिका रहनेछ । दुई साता पूर्वका विभिन्न स्थानमा छायाङ्कनपछि निर्माण टिम सिक्किम प्रस्थान गर्ने निर्देशक पौडेलले बताए ।

त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्ममा धीरज र अदीतिको अलवा तृप्ति नाडकरका छोरा धीरज टोटलानीको पनि मुख्य भूमिका रहनेछ । टोटलानीले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

४० दिनको छायाँंकन सेड्युल राखिएको फिल्ममा नरेन्द्र मैनालीको छायाँकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटाको, अनमोल गुरुङ र सुजन चापागाईँले संगीत रहनेछ । गतवर्ष नै छायाँकनको तयारी गरिएको फिल्म कोरोनाका कारण देशमा लकडाउन भएपछि रोकिएको थियो ।

Namaste Filmy

Read Previous

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण,चलचित्र ‘घिन्ताङ’को सुटिंग रोकियो

Read Next

सलमान खानको फिल्म ‘राधे’को ट्रेलरमा एक्शन(भिडियो)