छवि र ऋषिको 'हवल्दार सुन्तली' बन्दै शिल्पा ।

राजेन्द्र कार्की ।
shilpa pokharel1[dropcap]छ[/dropcap]वीराज प्रोड्क्सन हाउसमा निर्माण हुन लागेको चलचित्र ‘हवलदार सुन्तली’को ऋषि लामिछानेले निर्देशन गर्ने तयारीमा छ । चलचित्र निर्माणको क्षेत्रमा निकै नै सफल देखिएका निर्माता छवी राज ओझाले यस चलचित्र निर्माणका लागि सवा करोड सम्म लगानी गर्ने जानकारीमा आएको छ । केहि वर्ष पहिले पश्चिम नेपालको एक प्रहरी चौकीमा डूयूटीमा रहेका आफ्नै सहकर्मीहरुद्धारा बलात्कृत हुन पुगेकी हवलदार ‘सुन्तली धामी’ को विषय वस्तुलाई आधार बनाइ निर्माण हुन लागेको चलचित्रको उपयुक्त लोकेशन छनौंटका लागि निर्देशक रिषि लामिछाने अहिले ब्यस्त रहेका छन ।

चलचित्रका मुख्य कलाकारहरुमा शिल्पा पोख्रेल, सविन श्रेष्ठ, किशोर खतिवडा, ध्रुव कोइराला लगायतका भने चयन भइसकेको निर्देशक लामिछानेले बताए । काठमाण्डौं र हेटौंडा मुख्य छायाँकन स्थल रहने चलचित्रमा शिवंम अधिकारीको स्क्रीप्ट, दिपक शर्माको संगीत रहने छ । वास्तविक घटनाका पात्र हवलदार सुन्तलीलाई आफ्नै सहकर्मी साथीहरुले बलात्कार गरिसके पछि बलत्कारीहरुलाई कारवाही प्रक्रिया अगाडि वढाउन त्यस क्षेत्रका तत्कालीन (महिला) डीआइजीले उदासिनता देखाएका थिए । बलात्कार पछि न्यायका लागि विभिन्न स्थान भौतारिँदै हिडेकी हवलदार सुन्तलीको पक्षमा अधिकारकर्मीहरुले आवाज उठाउन थाले पछि बाध्य भई प्रशासनले अभियुक्तहरु पक्रन सफल भएको थियो । ६ जना आरोपित रहेको उक्त घटनाका अभियुक्तहरु मध्ये तिन जना जेलमा रहेका छन भने तिन जना जेल बाहिर रहेका छन भने बलात्कार सम्बन्धि सो मुद्धा हाल पुनरावेदन अदालतमा रहेको छ ।

समाजका रक्षकहरुद्धारा नै आफ्नै सहकर्मी बलात्कृत हुनु परेको यो घटना नेपालको परिप्रेक्षमा ठूलै घटनाको रुपमा लिने गरेको छ । यस घटनाकी पिंडित सुन्तली धामीसँग चलचित्र निर्माण कार्यका लागी कुराकानीका साथै अनुमती समेत प्राप्त भएको पनि निर्देशक लामिछानेले बताएका छन । चलचित्रको छयांकन अब केहि साताभित्रै सुरु गरिदैछ ।

Namaste Filmy

Read Previous

फिल्मको हिरोकै यस्तो हालत । हेर्नुहोस भिडियो ।

Read Next

भारतीय उद्योगपतिसंग विवाह गर्दैछिन भुवनको पुर्वपत्नी सुस्मिता ।