भारतीय उद्योगपतिसंग विवाह गर्दैछिन भुवनको पुर्वपत्नी सुस्मिता ।

[dropcap]के[/dropcap]हि बर्षअघि नायक भुवन केसीसंग सम्बन्धबिच्छेद गरेर अलग्गै बस्दै आएकि नायिका सुस्मिता बम्जन नया सम्बन्ध गांस्ने तयारीमा छिन । उनी भारतका उद्योगपति सोहन जैसवालसंग विहेको योजनामा रहेको बुझिएको छ । हाल उनीहरु प्रेम सम्बन्धमा छन ।sushmita-with-bhuwan-KCविगत डेढ बर्षदेखि उनीहरुको सम्बन्ध चलिरहेको बताइन्छ । उनीहरु विभिन्न समय देश तथा विदेशमा डेट मा रमाइसकेका छन । एक नयां चलचित्रको काम सकिएलगतै औपचारिक रुपमा नै विवाह गर्ने सुस्मिताले खुलाएका छन । उक्त चलचित्रको निर्देशन सुस्मिता स्वयमले गर्नेछिन भने फिल्ममा उनको हुनेवाला पति जैसवालको लगानी रहनेछ । फिल्मको नाम तथा अन्य कुनै जानकारीहरु सार्वजनिक भैसकेको छैन । तर फिल्ममा सुस्मिताको छोरा अनमोल के सी को भने अभिनय नरहने पक्का छ ।
यता सुस्मिताको पुर्वपति भुवन केसी पनि एक नयां फिल्म निर्देशनको तयारीमा छन । उनले ड्रिम नामक फिल्मको निर्देशन गर्ने बताइन्छ । फिल्ममा अनमोल केसीको मुख्य भुमिका रहनेछ । सुस्मिता र भुवन मिलेर यसअघि विभिन्न हिट फिल्महरु दिइसकेका छन ।  म तिमिबिना मरिहाल्छु, करोडपति, नेपाली बाबु लगायतका फिल्महरु उनीहरुले संगै काम सुपरहिट फिल्महरु हुन ।

Namaste Filmy

Read Previous

छवि र ऋषिको 'हवल्दार सुन्तली' बन्दै शिल्पा ।

Read Next

Model watch: Sagar Neupane