स्वर्गीय शिव रेग्मीको स्मृतिमा शिव रेग्मी स्मृति प्रष्ठिान अक्षयकोष स्थापना

नेपाली चलचित्र क्षेत्रको चर्चित निर्देशक स्वर्गीय शिव रेग्मीको स्मृतिमा शिव रेग्मी स्मृति प्रष्ठिान अक्षयकोष स्थापना गरिएको छ । रेग्मीले चलचित्र क्षेत्रमा पुराएको योगदानलाई कदर गर्दै अष्ट्रेलियावासीहरुले पठाएको १ लाख रुपैयामा अक्षयकोष स्थापना गरिएको हो ।
shiva regmi akshyakosha 4
अष्ट्रेलिया निवासी लिला खरेलले संकलन गरेको सपोटिड्ड चेपाड्ड चिल्ड्रन ईन नेपालका अध्यक्ष  एल बि छेत्रीको पहलमा आएको रकम खेरलका भाई भानु खरेलको उपस्थितिमा सपोटिड्ड चेपाड्ड चिल्ड्रन ईन नेपालका अध्यक्ष  एल वि क्षेत्रिले शिव रेग्मीको स्मृति अक्षकोषका संयोजक तथा नारायणी कला मन्दिरका पूर्व अध्यक्ष ऋद्धिचरण श्रेष्ठलाई नारायणी कला मन्दिरको रोहबरमा रहनेगरि एक कार्यक्रम बिच रकम हस्तान्तरण गरियो ।
shiva regmi akshyakoshha1
यस्तै ऋद्धिचरण श्रेष्ठको संयोजकत्वमा ६ सदस्ययी समिति गठन गरि शिव रेग्मी स्मृति प्रष्ठिान अक्षयकोष गठन गरिएको हो । विशेष मोफसलमा रहेर कला, सस्कृति र संगीतको उत्थानका लागि योगदान दिने व्यक्तीहरुलाई प्रत्येक २÷२ बर्षमा अक्षकोषबाट आएको ब्याजबाट सम्मान गर्ने नारायणी कला मन्दिरका अध्यक्ष दिलिप पियाले बताए । शिव रेग्मीको स्मृतिमा अक्षयकोषलाई कम्तिमा ५ लाख सम्म पुराउने योजना रहेको बताउदै अक्षकोष ५ लाख पुगे पछि हरेक वर्ष अक्षकोषबाट आएको ब्याजबाट सम्मान गर्ने योजना रहेको बताउदै अध्यक्ष दिलिप पियाले अहिले भने २ बर्षमा सम्मान गर्ने बताएका छन् ।
shiva regmi akshyakosha
नेपाली चलचित्र जगतमा रेग्मीले पुराएको योगदानलाई राज्य पनि कुनै सम्बोधन नगरेका कारण आफुहरुले सो अक्षयकोष स्थापना गर्ने सहयोगको खरेले बताए ।कला मन्दिरको अध्यक्ष दिलिपि पियाको अध्यक्षतामा सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा स्व.रेग्मीकी श्रीमति ज्ञानु रेग्मी, भाई शंकर रेग्मी, उनका सहपार्टी पुष्प आचार्य सहितका व्यक्तिहरु सहभागी रहेको थियो ।
shiva regmi akshyakosha2
स्वर्गीय रेग्मीले आफन्त, आफ्नो मान्छे, मुग्लान, ए मेरो हजुर,सुख–दुख,हामी तिन भाई, कहा“ भेटिएला सहितका  एक दर्जन भन्दा बढी सफल फिल्मको निर्देशन गरेका थिए । विशेष गरि यथार्थपरक र दैनिक जीवनयापनको कथामा फिल्म निर्देशन गरेका रेग्मीले मिलन–बिछोड, आ“सु–हासोलाई कुशलतापूर्वक पर्दामा उतार्ने खुबी थियो । उनीले पारिवारिक तथा नारी संवेदनामाथि चलचित्र निर्माण गरि सफलता हासिल गरेका रेग्मीले आफन्तदेखि सो सिम्पलसम्म  बिस वटा चलचित्र निर्देशन गरेका थिए । रेग्मीले नारायणी कला मन्दिरबाट रगमञ्च हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । मिर्गौला रोगबाट पीडित रेग्मीको उपचारको क्रममा काठमाण्डुको बल्खुस्थित बयोधा अस्पतालमा २०७० साल मंसिर २४ गते बिहान निधन भएको थियो ।
shiva regmi akshyakosha3

Namaste Filmy

Read Previous

पोस्टरमा देखियो 'रियल हिरो' सुशान्त कार्की ।

Read Next

विख्यात संगीतकार एआर रहमानको घरमा तोडफोड ।