विख्यात संगीतकार एआर रहमानको घरमा तोडफोड ।

[dropcap]भा[/dropcap]रतका ओस्कार अवार्ड विजेता बिख्यात संगीतकार ए आर रहमानको अमेरिका, लस एन्जलस स्थित घरमा अज्ञात समुहले तोडफोडको प्रयास गरेका छन । A.R.Rahmanउक्त समुहले रहमानको घरको वालमा पनि कालो अक्षर मा केहि अस्पष्ट शब्दहरु लेखेका छन । साथै समुहले घरको वाल सहित घरलाई नै निशाना बनाएर तोडफोड गर्न खोजिएको बताइन्छ । उक्त घटनाबाट परिवारको कुनै सदस्यलाई भने केहि असर नपरेको बताइएको छ । यद्यपी रहमानले भने यसबारेमा प्रहरीमा उजुरी दिइसकेका छन ।
रहमानले आफनो घरको तस्वीर समाजिक सञ्जालमा पनि शेयर गरेका छन र उक्त तस्वीरमा पनि प्रस्ट रुपमा घरको वालमा लगाइएको काले देखिएको छ । यस घटना बारे रहमानको एक मित्रले भने अमेरिकामा यस्ता घटना हुनु कुनै नौलो नभएको उल्लेख गरेका छन ।
रहमान भारतीय संगीत जगतका बादशाह हुन । उनले फिल्म स्लमडग मिलेनियर बाट विश्व प्रसिद्ध ओस्कार अवार्ड उचालेका थिए । त्यसपछि उनी अमेरीकामा पनि निकै चर्चित छन ।

Namaste Filmy

Read Previous

स्वर्गीय शिव रेग्मीको स्मृतिमा शिव रेग्मी स्मृति प्रष्ठिान अक्षयकोष स्थापना

Read Next

पब्लिसिटीको मूल राजमार्गमा 'मुखौटा' । फोटो फिचर ।