पब्लिसिटीको मूल राजमार्गमा 'मुखौटा' । फोटो फिचर ।

[dropcap][/dropcap]गामी जेठ ३० गते रिलिजको तयारीमा रहेको फिल्म ‘मुखौटा’ युनिट पब्लिसिटीको मूल राजमार्गमा उत्रिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्म युनिटले प्रचार प्रसारलाई ब्यापकता दिएको हो । पछिल्लो साता प्रचारप्रसारको क्रममा फिल्म युनिट विभिन्न सार्वजनिक कार्यक्रममा पुगेका छन । mukhauta nepali film7यसैक्रममा मंगलबार फिल्म टोली राजधानीस्थित आइ इ सी कलेज अफ आर्ट एण्ड फेसन मा पुगेर विद्यार्थीहरुसंग अन्तरक्रिया गरेका छन । टोलीले कलेजका विद्यार्थीहरुसंग मुखौटा र फेशनसम्बन्धी विभिन्न प्रश्नोत्तर गर्दै फिल्मको प्रचारसमेत गरे । कार्यक्रममा फिल्मका मुख्य कलाकारहरु निशा अधिकारी, प्रशान्त ताम्राकार, अर्पण थापा संगै निर्माता रविन श्रेष्ठ लगायतको सहभागीता थियो । mukhauta nepali film6त्यस्तै प्रचारकै क्रममा फिल्म टोलीले गत शनिबार पनि विभिन्न तीनवटा कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त दिन टोलीले भृकुटी मण्डपमा आयोजित Edufare 2014 मा विभिन्न कलेजका स्टलहरुमा पुगेर फिल्मको प्रचार गरेका थिए । सोहि दिन आमी अफिसर्स क्लबमा आयोजित नेशनल बक्स अफिस अवार्डमा पनि फिल्मको टोली पुगेका थिए । टोलीले बक्स अफिसको कार्यक्रममा पनि फिल्मको प्रचार गरे । mukhauta nepali filmत्यस्तै पाटन म्युजियममा भएको Ethic Fashion with Kutumba मा पनि फिल्म टोली पुगेका थिए । सो कार्यक्रममा फिल्मकी नायिका निशा अधिकारी शो स्टपरको रुपमा र्याम्पमा समेत हिडेकी थिइन । mukhauta nepali film3यसअघि पनि फिल्मका विभिन्न कलाकार TGIF Fashion week, Miss Nepal-2014 जस्ता सार्वजनिक कार्यक्रमहरुमा र्याम्पमा हिडेका थिए । mukhauta nepali film8यसरी विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुदै फिल्मको प्रचारमा हिडेको टोली मा सबैभन्दा आकर्षणको विन्दु अभिनेता सुनिल थापा थिए । हिन्दी फिल्म मेरी कोममा ब्यस्त थापा फिल्मको पब्लिसिटीकै लागी केहि दिनअघि काठमण्डौ आएका हुन । प्राय सबै कार्यक्रममा अभिनेता थापासंगै दर्शकहरुको अन्तरक्रिया भएको थियो ।
फिल्मको निर्माण कम्पनी रीफ इन्टरटेन्टमेन्टका प्रमुख तथा फिल्मका निर्माता राविन श्रेष्ठले अबको दुई सातामा देशका विभिन्न ठाउमा फिल्मको प्रमोसन गर्दै तथा सामाजिक काममा सहभागी हुदै अघि बढने बताए ।mukhauta nepali film4रीफ इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित फिल्म मुखौटालाई नायक अर्पण थापाले निर्देशन गरेका हुन । फिल्ममा अर्पणसंगै राजेश हमाल, सौगात मल्ल, सुनिल थापा, दयाहाङ राई, राविन तामाङ, प्रशान्त ताम्रकार, निशा अधिकारी, हर्षिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । ग्याङस्टारको कथा भनिएको फिल्मको रिलिज मिति यसअघि जेठ १६ भनिएपनि पोस्टपोण्ड गर्दै जेठ ३० तोकिएको हो । mukhauta nepali film2 mukhauta nepali film5

Namaste Filmy

Read Previous

विख्यात संगीतकार एआर रहमानको घरमा तोडफोड ।

Read Next

नाङगिए रोनाल्डो । गर्लफ्रेन्डले छोपिदिए गोप्य अंग ।