कुलेन्द्र विश्वकर्मा र समिक्षा अधिकारीको ‘सिलौटोमा चटनी’लाई दर्शकको राम्रो प्रतिक्रिया

केहि दिन अघि सार्वजनिक गायक तथा सर्जक कस्तुप पन्तको नया गीत ‘सिलौटोमा चटनी’ले बिस्तारै चर्चा बटुल्दै गएको छ ।पन्तले आफ्नै अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतलाई दर्शक तथा स्रोताले राम्रो प्रतिक्रिया दिएका छन् ।

कुलेन्द्र विश्वकर्मा र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको ‘सिलौटोमा चटनी’ गीतमा शब्द तथा संगीत कस्तुप पन्तको रहेको छ ।गीतमा आशिश अविरलको संगीत संयोजन रहेको छ ।गीतमा रामजी खाण, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिति आलेले अभिनय गरेका छन्।

गीतको भिडियोलाई शंकर विसीले निर्देशन गरेका हुन् ।अमृत चापागाईंको सम्पादन, दुर्गा पौडेलको छायाँकन भिडियोमा रहेको छ । नेपालकै विभिन्न ठाउँमा खिचिएको भिडियोमा नेपाली सिलाैटाे र चटनीलाई देखाउने प्रयास गरिएको छ।

Namaste Filmy

Read Previous

सलमान खानको फिल्म ‘राधे’को ट्रेलरमा एक्शन(भिडियो)

Read Next

कल्याकारी कोषलाई बसुन्धरा भुषालद्धारा रकम हस्तानतरण