विश्वचर्चित गायिका 'सेलेना गोमेज' नेपालमा ।

[dropcap][/dropcap]र्चित अमेरिकी पप गायिका तथा अभिनेत्री सेलेना गोमेज नेपाल आएको खबर बाहिरीएको छ । सेलेनाले नेपाल आएको भन्दै उनका नेपाली फ्यानहरुले हालेको फोटो ट्वीटरमा भाइरल बनेपछि यो खबर सार्वजनिक भएको हो । सेलेनाले भने यसबारेमा कहि कतै आधिकारीक रुपमा उल्लेख गरेकि छैनन । selena-gomej-in-nepalतर नेपाली एयरपोर्ट तथा भक्तपुर तिरको केहि महिलाहरुसंग खिचाइएको तस्वीर भेटिएपछि उनी नेपाल आएको पुष्टि भएको हो । उनी युनेस्कोको गुडविल एम्बेसेडरको रुपमा नेपाल आएको बुझिन्छ । उनको साथमा गायिका एस्ले कोल पनि नेपाल आएको बताइन्छ ।उनको टोली द्धारिका होटलमा बसेको बुझिएको छ । उनको भ्रमणलाई नितान्त गोप्य रखिएकाले उनी कहिले नेपाल आइन, उनी नेपाल नै छिन या फर्कि सकिन भने कुनै जानकारी प्राप्त भएको छैन । सेलेना नेपाल आएको खबर बाहिरीएलगतै विश्वभरबाट उनका  फ्यानहरुको ट्वीटको बर्षा भएको छ ।
सेलेना विश्वमै चर्चित अमेरिकी गायिका तथा अभिनेत्री हुन । उनलाई चर्चित गायक जस्टिन विभरको गर्लफ्रेन्डको रुपमा पनि चिनिन्छ ।

Namaste Filmy

Read Previous

नाङगिए रोनाल्डो । गर्लफ्रेन्डले छोपिदिए गोप्य अंग ।

Read Next

बुधवार 'चलचित्र पत्रकारिता दिवस' मनाइयो । तीन पत्रकारलाई सम्मान तथा पुरस्कार ।