बुधवार 'चलचित्र पत्रकारिता दिवस' मनाइयो । तीन पत्रकारलाई सम्मान तथा पुरस्कार ।

[dropcap][/dropcap]लचित्र क्षेत्रमा सक्रिय चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघले १५ चलचित्र पत्रकारिता दिवस धुमधामका साथ मनाएको छ । बुधबार एक भव्य समारोहका बीच केक काटेर संघको स्थापना दिवस मनाइएको हो । संघको स्थापना भएको दिन जेठ ७ गतेलाई संघले हरेक बर्ष दिवसको रुपमा मनाउदै आएको छ ।bBidur giri,Raj shrestha,Krishna bhattaraiसंघले विगतमा जस्तै दिवसको अवसर पारेर ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ बितरण समेत गरेको छ । यस बर्षका चलचित्र पत्रकारिता सम्मान बाट संघका निवर्तमान अध्यक्ष बिदुर गिरिलाई सम्मान गरिएको छ । त्यस्तै चलचित्र पत्रकारिता पुरस्कार बाट कान्तिपुर पब्लिकेशनका कृष्ण भट्टराई र स्टार एफएम का कार्यक्रम संयोजक राज श्रेष्ठलाई पुरस्कृत गरिएको छ । सम्मानित गिरीलाई दोसल्ला , सम्मान पत्र तथा बिभिन्न गिफ्ट सहित सम्मानित गरियो भने पुरस्कृत भट्टराई तथा श्रेष्ठलाई जनही नगद रु १५ हजार ५ सय र पुरस्कार पत्र सहित बिभिन्न गिफ्टसहित पुरस्कृत गरिएको हो ।bidur giriनेपाली फिल्मको प्रथम नायिका भूवन चन्द, चर्चित अभिनेत्रीद्धय बसुन्धरा भुषाल र चैत्यदेवी कार्यक्रममा प्रमुख र विशेष अतिथीको रुपमा उपस्थित थिए । त्यस्तै चलचित्र पत्रकार संघको अफिसियल वेभसाइट पनि सोहि समारोहका बीच लन्च गरिएको थियो भने संघको क्यालेन्डर पनि सार्वजनिक गरिएको थियो ।shanti priye

Namaste Filmy

Read Previous

विश्वचर्चित गायिका 'सेलेना गोमेज' नेपालमा ।

Read Next

शाहरुख खान बिश्वकै दोस्रो धनी कलाकार ।