शाहरुख खान बिश्वकै दोस्रो धनी कलाकार ।

[dropcap][/dropcap]लिउड बादशाह शाहरुख खान बलिउडका सबैभन्दा धनी अभिनेता हुन । उनको साथमा जति सम्पति छ त्यो बलिउडका अरु कुनै सेलेब्रेटीको साथमा छैन । अब उनी बलिउडको मात्र हैन बिश्वकै सबैभन्दा धनी सेलेब्रेटीहरुको लिस्टमा दोस्रो नम्बरमा परेका छन । 19_05_2014-19shahrukhशाहरुखको सम्पति हलिउडका धनी मानिएका स्टारहरु टाम क्रुज तथा जोनी डेपजस्ता सेलेब्रेटीको भन्दा पनि अधिक रहेको तथ्यांक सार्वजनिक भएको छ । ‘वेल्थ एक्स’ले हालै मात्र सार्वजनिक गरिएको सबैभन्दा धनी सेलेब्रेटीको सुचीको टपटेनमा बलिउडबाट शाहरुख खानको मात्र सम्पति देखिएको छ । उनको सम्पति ६०० मिलियन डलर रहेको उल्लेख छ । बिश्वमै शाहरुखको भन्दा धेरै सम्पति हुने एकमात्र सेलेब्रेटी कमेडियन जेरी सेनफिल्ड ८२० मिलियन डलरको साथमा सुचीको पहिलो नम्बरमा छन । सुचीको तेस्रो नम्बरमा टाम क्रुज ४८० मिलियन डलरको साथमा छन भने जोनी डेप र टायलर पेरी क्रमश चौथो र पांचौ स्थानमा छन । उनीहरुको सम्पति ४५० मिलियन डलरको आसपासमा रहेका बताइन्छ ।
शाहरुखले बलिउडमा ५० भन्दा बढि फिल्ममा काम गरेका छन । फिल्म अभिनेता संगै उनी फिल्म निर्माता, विभिन्न बिज्ञापनमा अभिनय तथा विश्वप्रसिद्ध ब्राण्डको ब्राण्ड एम्बेसेडरको रुपमा पनि सक्रिय छन । उनी आइपीएल मा कलकत्ता नाइट राइडर्सको मालिक समेत हुन ।

Namaste Filmy

Read Previous

बुधवार 'चलचित्र पत्रकारिता दिवस' मनाइयो । तीन पत्रकारलाई सम्मान तथा पुरस्कार ।

Read Next

हाई प्रोफाइलको महानायकले लो प्रोफाइलको बिहे गर्ने । बिस्तृतमा ।