हाई प्रोफाइलको महानायकले लो प्रोफाइलको बिहे गर्ने । बिस्तृतमा ।

[dropcap]ने[/dropcap]पाली सिने उद्योगका सबैभन्दा बलिया खम्बाको रुपमा रहेको महानायक राजेश हमाल अबको केहि दिनमा दुलाह बन्दैछ । उनको भावी श्रीमति मधु भट्टराईलाई हमालले केहि दिनअघि मात्र सञ्चारकर्मीहरुका माझ सार्वजनिक गरेका थिए । विगत ८, ९ बर्षअघि नै मधुसंग भेट भएको बताउने राजेशले मधु र आफुबीच धेरै कुरामा अन्तर रहेको खुलाए । तर त्यही भिन्नताका बाबजुद नजिक हुदां झनै आनन्द आउने उनको तर्क थियो ।  rajesh hamal and madhu bhattarai - in shankar hotelएक टि भी कार्यक्रमको लागी कुरा गर्दै राजेशले यसरी आफ्नो अंतरंग कुराहरु खुलाएका हुन । आफु र मधुबीचको प्रेम सम्बन्धको सुरुवातदेखि विवाहसम्मको कुरालाई राजेशले बिना हिच्किचाहट खुलाएका छन । मधु भन्दा पहिले पनि कयौ युवतीहरुसंग आफ्नो सम्बन्ध रहेको उल्लेख गर्दै राजेशले विभिन्न ब्यक्तिगत कुराहरु पनि बताए । उनले आफु फिल्म क्षेत्रमा प्रवेश गर्दा देखि नै एक २२ बर्षिय विदेशी युवतीसंग सम्बन्ध रहेको बताउदै उनीसंगको सम्बन्ध ७, ८ बर्षजति चलेको सुनाए । त्यसबाहेक पनि कयौ युवतीसंग ठोक्किएको र सम्बन्ध भएको राजेशको प्रस्टोक्ति थियो । आफु अत्यन्त ब्यस्त रहने भएकाले युवतीहरुको बारेमा चासो लिने फुर्सद आफुलाई नहुने उनले बताए ।
आफुलाई मधुको सरलता र निश्चलताले आकर्षण गरेका बताउदै उनले यसअघि भेटिएका कयौ युवतीहरुमा त्यस्तो गुण नभएको दाबी गरे । राजेशका अनुसार मधुले नै उनलाई फलो गरेकी हुन । मधुले नचाहेको भए आफु आफ्नै काममा साइड लाग्ने उनको तर्क थियो र उनले आफ्नो चरित्र कसैको पछि लागीरहने पनि नभएको बताए ।
एक फरक प्रसंगमा उनले हिन्दी उखान सम्झदै आफुले चाहेको भन्दा भगवानले चाहेको राम्रो हुने बताए । मधु पनि त्यही युवती भएको उनको मनसाय थियो ।
यता विवाहको बारेमा पनि उनको फरक धारणा छ । आफुलाई तामझाम र भव्य विवाह गर्न रहर नभएकोले सामन्य र एकदमै लो प्रोफाइलको विवाह गर्न लागेको उनको कथन छ । गाडिमा आर प्लस एम लेखेर तामझाम निकाल्ने मनसाय आफ्नो नरहेको पनि उनको भनाई थियो । तर विवाहमा अपनाउने विभिन्न बिधि बिधानहरु भने पुरा गर्ने पनि उनले स्पष्ट पारे । यसका लागी उनले आफ्ना गुरुजीहरुलाई जिम्मा दिइसकेका छन । उनले जतिसक्दो छिटो र छोटो विवाह सम्पन्न गराउनका लागी गुरुहरुलाई आग्रह गरेका छन ।
विवाह भनेको हाती आयो हाती आयो फुस्स भनेजस्तै भएको बताउदै राजेशले सम्बन्ध जोडिनलाई तामझाम र झिलीमिली आवश्यक नरहेको बताए । विवाह समारोहमा आफनो रगतको नातेदार मात्र सहभागी हुन सक्ने उनको भनाई छ । विवाह काठमण्डौ मा नै गरिने छ । उनले आफ्ना दिदीबहिनीहरु पनि आधा बाटोमा आइपुगीसकेकाले अब भने विवाहको तयारी भइसकेको बताए ।
उता विवाहको साइत निकाल्ने काम भने दुलहि पक्षबाट भइरहेको बताए । यहि जेठ १० अथवा ११ गते साइत जुर्न सक्ने उनको भनाई थियो । अन्य शुभचिन्तक तथा आफन्तहरुलाइै भोज भने १४ गते भव्य समारोहका बिच खुवाइनेछ । भोजमा करिब ३०० को लागी कार्ड बाडने भनिएपनि शुभचिन्तकहरु बढ्न सक्ने उनको भनाई थियो ।
राजेश विवाहको औपचारिकता सकिए लगतै अस्टेलिया जाने कार्यक्रम रहेको छ । अस्ट्रेलियाबाट फर्किएपछि श्रीमतिको लागी केहि समय छुट्याउने योजना रहेको पनि उनले कुराकानीकै क्रममा बताए ।

कार्यक्रम ‘रजतपट’का लागी प्रकाश सुवेदीसंगको कुराकानीमा आधारीत । 

Namaste Filmy

Read Previous

शाहरुख खान बिश्वकै दोस्रो धनी कलाकार ।

Read Next

बिदेशी च्यानलमा पहिलोपटक नेपाली फिल्म देखाइदै ।