बिदेशी च्यानलमा पहिलोपटक नेपाली फिल्म देखाइदै ।

[dropcap]बि[/dropcap]हिबार चर्चित बेलायती टेलिभिजन च्यानल फोरले एक नेपाली चलचित्र प्रसारण गर्दैछ । यसरी अन्तराष्टिय रुपमा ख्यातिप्राप्त टेलिभिजनले प्रसारण गर्न लागेको पहिलो चलचित्र साँघुरो हो । च्यानल फोरले साँघुरोलाई नेपाली समयअनुसार राती साढे बाह्र बजे प्रसारण गर्नेछ । saanghuro-nepali-movieनेपालमा प्रदर्शन गरेको बर्ष दिन बितेसकेको फिल्म सम्भवत विदेशी टी भी मा प्रसारण हुने पहिलो नेपाली चलचित्र हो । मौलिक कथा र टिपिकल नेपाली रहनसहनमा निर्माण भएको फिल्म बिदेशी टि भीमा प्रसारण हुने भएपछि बुधवार राजधानीमा एक विशेष शो पनि गरिएको थियो । चलचित्रकर्मी, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा कुटनितिक निकायका पदाधिकारीहरुको उपस्थिति रहेको उक्त शोमा फिल्म हेर्नेजतिले फिल्मको खुलेर प्रशंसा गरेका थिए ।
फिल्म साँघुरो यस बर्ष नेपालको तर्फबाट सार्क फिल्म फेस्टिबलमा मनोनित भएको फिल्म हो । फिल्मलाई जोएस पाण्डेले निर्देशन गरेका हुन भने समीर मैनाली निर्माण गरेको हो । फिल्ममा शुशांक मैनाली, दिया मास्के, दयाहाङ राई, अरुणा कार्की लगायतको अभिनय रहेको छ । नेपालमा खासै उत्कृष्ट ब्यापार गर्न नसकेको फिल्मको अन्तराट्रिय बजार प्रवद्र्धन माउन्टेन रिभर फिल्मसले गरिरहेको छ ।

Namaste Filmy

Read Previous

हाई प्रोफाइलको महानायकले लो प्रोफाइलको बिहे गर्ने । बिस्तृतमा ।

Read Next

फ्राइडे रिलिज : ‘मेरो बेस्ट फ्रेन्ड’ र ‘हँसिया’