फ्राइडे रिलिज : ‘मेरो बेस्ट फ्रेन्ड’ र ‘हँसिया’

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात ज्येष्ठ ९ गतेबाट २ आश गरिएका फिल्महरु ‘मेरो बेस्ट फ्रेन्ड’ र ‘हँसिया’ प्रदर्शनमा आएका छन् ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएका चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’ र ‘हँसिया’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियोसहित )

namastefilmy2

‘मेरो बेस्ट फ्रेन्ड’

namastefilmy

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’ प्रदर्शनमा आएको छ ।चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’ लाई आशावादी फिल्मसको प्रस्तुतीमा प्रजिता बज्रचार्यको निर्माण रहेको फिल्मलाई निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका हुन ।चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द तथा बिदुर पाण्डेको छायांकन रहेको छ । प्रदर्शनको पुर्व सन्ध्यामा गरिएको प्रिमिएर बाट आएको प्रतिक्रियाले आफु लगायत आफ्नो टिम उत्साहित भएको भन्दै चलचित्र चल्नेमा ढुक्क भएका निर्देशक प्रसन्न पौडेलले अभिनेत्री प्रियंका कार्की यसै फिल्म मार्फत रजतपटमा भित्राएका थिए ।प्रियंका कार्की ,रेश मरहठ्ठा , दिवस उप्रेती , किरण लाकौल , निर्मल शर्मा , केकी अधिकारी, पुजा शर्मा , सुनिल थापा लगायतको चलचित्रमा मुख्य भूमिका रहेको छ ।

‘हँसिया’

namastefilmy1

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘हँसिया’ प्रदर्शनमा आएको छ ।दुर्घा घलेको निर्माण रहेको चलचित्र ‘हँसिया’ लाई मिलन चाम्सको निर्देशन गरेका हुन् । रामकुमार केसी ले खिचेका हुन भने फिल्ममा अनुप सापकोटाको कथा रहेको छ ।फिल्ममा कल्याण सिंहको संगीत, रिनाशा राईको नृत्य, राज कुमार उप्रतीको द्धन्द तथा अर्जुन जीसीको सम्पादन रहेको छ । फिल्मको प्रोमो र महंगो आइटम गीतको कारण अहिले बजारमा निकै चर्चा छ ।चलचित्र ‘हँसिया’ मा राजेश हमाल,हेमा श्रेष्ठ,अनुप बिक्रम शाही , रुबी राणा,बिशाल ढुङगाना आलोक कार्की आदिको अभिनय रहेको छ ।

 

Namaste Filmy

Read Previous

बिदेशी च्यानलमा पहिलोपटक नेपाली फिल्म देखाइदै ।

Read Next

एन.आर. घिमिरेले सुटुक्कै "एक कान दुई कान मैदान 'को सुटिंग गर्दै (फोटो सहित )