एन.आर. घिमिरेले सुटुक्कै "एक कान दुई कान मैदान 'को सुटिंग गर्दै (फोटो सहित )

नेपालका कान्छा निर्देशक एन. आर. घिमिरे बिहिबार अचानक चितवनमा भेटिए । चितवनको नारायणघाटको ब्यस्त सडकमा उनि एक्शन कट भन्दै थिए ।कतै मिडियामा हल्ला समेत नगरिकन एन. आर. घिमिरे अहिले नया चलचित्रको सुटिंगको लागि पूर्व नेपालको इलामको कन्याम देखि पच्चिम नेपालको कैलालीको चिसापानी उनि नया चलचित्रको सुटिंगको लागि निस्किएका छन् ।

DSC08841

अलि फरक शैलीको चलचित्रको नाम राखिएको उनको सुटिंग हुदै गरेको चलचित्रको नाम भने “एक कान दुई कान मैदान ‘राखिएको छ ।हरि वाग्ले र निर्देशक एन. आर. घिमिरेको लगानी रहने चलचित्र “एक कान दुई कान मैदानमा भारतमा थेटर कलाकारमा काम गरेका र सी.आई. डी.,चिडियाघर लगायत धेरै हिन्दि अभिनय गरेका दिपक लम्साललाई नायकको रुपमा देखा पर्दैछन् । दिपकको अलाबा चलचित्रमा सजल के.सी.,मोनिका दाहाल,हिमाल खत्री ,मनिराज थापा ,नबराज राउत किशोर खनाल लगायतको अभिनय रहेको छ ।

DSC08849

दिब्य राज सुबेदीको छायांकन,टंक बुढाथोकी र अमोश तामांगको संगीत रहेको चलचित्र “एक कान दुई कान मैदान ‘मा कथा भने निर्देशक एन. आर. घिमिरे र पटकथा सम्बद किरण माइकलको रहेको छ । कमेडी ,लव स्टोरी बेसमा निर्माण गरिएको चलचित्र “एक कान दुई कान मैदान ‘नेपाली फिल्ममा सबै भन्दा बढी ठाउमा सुटिंग हुने पहिलो नेपाली चलचित्र हुने समेत निर्देशक एन. आर. घिमिरे नमस्ते फिल्मीलाई जानकारी गराए ।पूर्व नेपालको इलामको कन्याम देखि पच्चिम नेपालको कैलालीको चिसापानी सम्म पर्ने सम्पूर्ण जिल्लाहरु लगायत पोखरा दमौली समेत चलचित्रको छायांकन गरिने निर्देशक घिमिरे बताउनु भयो ।

DSC08846

करिब ३५ दिनको सुटिंग तालिका रहेको चलचित्र “एक कान दुई कान मैदान ‘ बैशाख २६ बाट छायांकन सुरु गरिएको थियो ।निर्देशक एन. आर. घिमिरेले निर्देशन गरेको चलचित्र तिम्रो लागि प्रदर्शन भईसकेको छ भने  गल्लि र पाप प्रदर्शनको लागि तयार भएका चलचित्र हुन्  निर्देशक घिमिरे यस चलचित्र लगतै उनले पहिला नै निर्देशन गर्ने भनिएको चलचित्र “पर्शुराम ” को सुटिंग गर्ने जानकारी समेत दिनु भयो ।

DSC08856 DSC08853

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘मेरो बेस्ट फ्रेन्ड’ र ‘हँसिया’

Read Next

'आभाष'को शुभमुहुर्त गरियो । निर्देशनमा पौडेलको डेब्यु ।