'आभाष'को शुभमुहुर्त गरियो । निर्देशनमा पौडेलको डेब्यु ।

[dropcap]ने[/dropcap]पाली कथानक चलचित्र अभाष को शुभमुहुर्त गरिएको छ । फिल्म सम्पादनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सुरेन्द्र पौडेलको डेब्यु निर्देशन रहने फिल्मको शुक्रबार राजधानीको कमलादी स्थित गणेस्थान मन्दिरमा बिधिवत पुजा गर्दै मुहुर्तगरियो । पुर्व गृह मन्त्री तथा नेपाली काग्रेस नेता खुम बहादुर खड्काको क्ल्याप, चलचित्र निर्माता प्रदिप दाहालको क्यामेरा र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तीप्रियले नरिवल फुटाई फिल्मको शुभमुहुर्त गरिएको हो ।Abhasaफिल्मलाई पौडेलको प्रोडक्सन हाउस ग्लोसी पिक्चर्स र क्रियटिभ फिल्मसले निर्माण गर्न लागेका हुन । फिल्ममा गोविन्द शाही र दिपक शाहीको लगानी रहनेछ । यसअघि सफल फिल्म निर्माण कम्पनी दुर्गिस फिल्मसको पनि लगानी रहने भनिए पनि आन्तरिक असहमतिका कारण दुर्गिस फिल्मस भने ‘आभाष’ बाट बाहिरीएको छ । यद्यपि दुर्गिस फिल्मसका चेयर पर्सन सुनिल रावल भने आभाषमा एक मुख्य कलाकारको रुपमा देखिने बताइन्छ । फिल्ममा सुनिलको अतिरिक्त पछिल्लो समय टिनयजरहरुमा हिट हिरो संयम पुरी र उनको रियल गर्लफ्रेन्ड तथा भी जे आस्मा डि सी को अभिनय रहनेछ । त्यस्तै प्रियंका कार्की सलोन बस्नेत लगायतको पनि फिल्ममा सशक्त अभिनय रहनेछ । फिल्मको आउदो आइतबार बाट छयांकन थालिने बताइएको छ । काठमण्डौ, पोखरा, जिरी लगायतको स्थानमा खिचिने फिल्मको सुटिङ सेड्युल करिब ५० दिनको हुनेछ ।

Namaste Filmy

Read Previous

एन.आर. घिमिरेले सुटुक्कै "एक कान दुई कान मैदान 'को सुटिंग गर्दै (फोटो सहित )

Read Next

नेपाली साडी र पोतेमा हलिउड स्टार सेलेना गोमेज ।