नेपाली साडी र पोतेमा हलिउड स्टार सेलेना गोमेज ।

[dropcap]के[/dropcap]हि दिनअघि नेपाल आएको बुझिएको हलिउड मोडल तथा गायिका सेलेना गोमेजले पहिलोपटक पहिलो पटक नेपाल आएको औपचारिक जानकारी गराएका छन । शुक्रबार उनले आफ्नो अफिसियल इन्स्टाग्राम एकाउन्टबाट नेपालमा साडी र पोते लगाएर खिचेको तस्वीर सार्वजनिक गरेकी हुन ।selena-in-sari हिन्दु नारीहरुको पहिचान साडी र पोतेमा उनी नेपाली दुलहि जस्तै देखिएकि छिन । उनले गरेको यो सेल्फी अपलोड पछि उनका लाखौ फ्यानहरुले उनको सुन्दरताको तारिफ गर्दै रिट्वीट गरेका छन ।
युनिसेफको सदभावना दुतका रुपमा नेपाल आएको उनी फर्किसकेको बुझिएको छ । उनी केहि दिनअघि एक टोलीसहित नेपाल आएकि थिइन । नेपाल बसाईको क्रममा उनले नेपालगञ्ज र दाङका स्थानीय बिद्यालयहरुमा पुग्दै त्यहाको स्थानीय नाचमा समेत रमाइलो गरेकी थिइन । त्यस्तै उनी भक्तपुरको दरवार स्क्वायर क्षेत्रमा पनि अवलोकनका लागी पुगेकि थिइन ।
सेलेना बारम्बार चर्चामा आइरहने हलिउड स्टार हुन । उनी केहि बर्ष अघि गायक जस्टिन विभरसंगको प्रेममा थिइन । तर अहिले उनको नाम अनय विभिन्न हलिउड स्टारहरुसंग जोडिने गरेको छ ।
selena-gomej-sari

Namaste Filmy

Read Previous

'आभाष'को शुभमुहुर्त गरियो । निर्देशनमा पौडेलको डेब्यु ।

Read Next

श्रावण २ गते निर्देशक समाजको विशेष अधिवेशन हुने ।