श्रावण २ गते निर्देशक समाजको विशेष अधिवेशन हुने ।

राजेन्द्र कार्की ।
[dropcap]ने[/dropcap]पाली चलचित्र क्षेत्रका निर्देशकहरुको प्रतिनिधिमुलक संस्था तथा छाता संगठन निर्देशक समाजकोे विशेष साधारण सभा श्रावण २ गते हुने भएको छ । सदस्यहरुको मागका कारण केहि दिन अघि बसेको समाजको बैठकले श्रावण १६ गते हुने भनिएको साधारणसभा दुइ हप्ता अघि नै गर्ने निर्णय गरिएको हो ।dinesh dcकेहि दिन अघि समाजका अध्यक्ष दिनेश डिसि माथी विभिन्न आरोप लगाउँदै ९ जना पदाधिकारीहरुले राजीनामा पेश गरेकोमा अध्यक्ष डिसिले बढो होसियारी र बुद्धिमतापुर्वक आफ्नै नेतृत्वमा नयाँ कार्यसमितिको निर्माण गरेका थिए । विधान संवत भनिएको उक्त पुर्नः गठन कार्यको विरोधमा केहि चलचित्र निर्देशकहरुको आपत्ति समेत जनाएका थिए भने केहि पुर्व पदाधिकारीहरु समानन्तार संस्थाको गठनमा अभ्यस्त रहँदै आइरहेका छन । केहि पुर्व पदाधिकारीहरु भने डिसि नेतृत्वका क्रियाकलापहरुको विरोधमा रहेतापनि निर्देशक समाजलाई छिन्न भिन्न पार्न नहुनेमा अडिक रहेका छन् ।

“अध्यक्ष डिसि दोषी हो की होइनन्, विशेष साधारण सभाले टुङ्गो लगाउने नै छ भन्ने मैले विश्वास लिएको छु । अध्यक्षले राजीनामा नै दिनु पर्दछ भन्ने मेरो अडान होइन । समान्तार संगठनको निर्माण गरेर निर्देशक समाजलाई झन बेवारिसे बनाउने पक्षमा आफु कदापी रहने छैन । यर्थाथको छानबिन गरी समाज भित्रैबाट देखिएको अविश्वास र समस्या समाधान हुनु पर्दछ । समाज सधैं विमतीका साथै एक ठिक्का भएर अगाडि बढ्नु पर्दछ ।” समान्तार संगठन गठन र डिसि नेतृत्वको सन्र्दभमा समाजका पुर्व महासचिव ऋषि लामिछानेको प्रतिक्रियामा यस्तो राय ब्यक्त गर्नु भएको छ ।

त्यस्तै पुर्व सचिव श्याम भट्टराई भन्नु हुन्छ “लगाइ सकेको दोषलाई स्पष्ट पार्न पनि चाँडो भन्दा चाँडो विशेष साधारण सभा बोलाउनुको विकल्प रहेन । हामीले के बोल्नु पर्दछ र कस्तो कदम चाल्नु पर्दछ, त्यो सबै विशेष साधारण सभा पछाडिका कदमहरु हुन ।” समाज भित्रका केहि पुर्व पदाधिकारी तथा असन्तुष्ट सदस्यहरु समान्तार संगठन निर्माण गर्न अनिवार्य रहेको जीकीर गरीरहेका छन भने समाजलाई टुक्रा टुक्रामा विभाजन गरेर अर्थ हिन अवस्थामा पु¥याउन हुन्न र विधि विधानको मर्यादामा अगाडि बढ्दै निर्देशक समाजको प्रतिष्ठा बढाउनु नै बुद्धिमानी हुने राय ब्यक्त गर्दै आइरहनु भएको छ ।

Namaste Filmy

Read Previous

नेपाली साडी र पोतेमा हलिउड स्टार सेलेना गोमेज ।

Read Next

"अग्नि परिक्षा "को सिक्वेल बन्ने ।"हाम्लाई पनि मायाले हेर पार्वती' रिमिक्स गरिने