"अग्नि परिक्षा "को सिक्वेल बन्ने ।"हाम्लाई पनि मायाले हेर पार्वती' रिमिक्स गरिने

सत्र वर्ष अघि निर्माण गरिएको ब्यवसायिक रुपमा सफल चलचित्र ‘अग्नि परिक्षा”को अब सिक्वेल बन्ने भएको छ । निर्देशक एभरेष्ट सुर्य बोहराले निर्माण तथा निर्देशन गर्नु भएको चलचित्र “अग्नि परिक्षा”को सिक्वेल “अग्नि परिक्षा २ “लाई पनि एभरेष्ट सुर्य बोहराले नै निर्देशन गर्ने भएका छन् ।चलचित्र ‘अग्नि परिक्षा २ “मा “अग्नि परिक्षा”को सुपर हिट गित “हाम्लाई पनि मायाले हेर पार्वती’को समेत रिमिक्स गरिने भएको छ ।

agni parikshya

सत्र वर्ष दर्शकको मन जितेको सुपर हिट गीत “हाम्लाई पनि मायाले हेर पार्वती’लाई अजै पनि दर्शक स्रोतले उतिकै मन पराउनुको साथै विभिन्न ठाउमा बज्ने गरेको छ। चलचित्र “अग्नि परिक्षा”मा अभिनय गरेका राजेश हमाल , नारायण त्रिपाठी चलचित्र ‘अग्नि परिक्षा २ “पनि दोहरिने भएका छन् ।राजेश र नारायण त्रिपाठी अलाबा चलचित्र “अग्नि परिक्षा २ ” “बिराज भट्ट ,गरिमा पन्त ,प्रियंका कार्की ,सुनिल बस्नेत ,बिशाल पहरी लगायतको मुख्य अभिनय रहने छ ।”बिराज भट्ट र प्रियंका कार्की चलचित्रमा अभिनय गर्ने भनिए पनि फाइनल भई नसकेको निर्देशक एभरेष्ट सुर्य बोहराले नमस्ते फिल्मीलाई जानकारी दिनुभयो ।

thuli

‘द एभरेष्ट कलायात्रा फिल्म्सको प्रस्तुतिमा चलचित्र ” ठूली ” निर्माण गरेका निर्माता पुस्कर पन्त र सुनिल बस्नेतको चलचित्रमा लगानी रहने छ ।शिवम अधिकारीको लेखन रहने यस चलचित्रमा संगीत भने अहिलेका सफल संगीतकारहरु अर्जुन पोखरेल र बसन्त सापकोटाको रहने छ भने चलचित्रमा प्रबिधिकहरु चलचित्र ” ठूली “को नै दोहरिने छन् ।चलचित्र “अग्नि परिक्षा २ “एउटा संदेश मुलक राष्ट्रवादी चलचित्र हुने छ भने नेपालका रमणीय ठाउँहरु मनाङ,जोमसोम बेनी लगायतको ठाउमा चलचित्रको छायांकन हुने छ । करिब ५० देखि ५५ लाखको लगानी रहने चलचित्र “अग्नि परिक्षा २ “भाद्र ६ गते चलचित्र ” ठूली ” को प्रर्दशन पछि असोज बाट सुटिंगको लागि फलोरमा जाने छ । अग्नि परिक्षा, कान्छा , “मुटु”,” ठूली ” निर्देशन गरेका निर्देशक एभरेष्ट सुर्य बोहराले आफुले निर्माण गर्ने चलचित्र राम्रा र संदेश मुलक ,राष्ट्रवादी चलचित्र मात्रै निर्माण गर्ने बताएका छन् ।

Namaste Filmy

Read Previous

श्रावण २ गते निर्देशक समाजको विशेष अधिवेशन हुने ।

Read Next

होटल अन्नपुर्णमा हुदैछ, महानायकको विवाह । सञ्चारकर्मी गेट बहिरै ।