होटल अन्नपुर्णमा हुदैछ, महानायकको विवाह । सञ्चारकर्मी गेट बहिरै ।

[dropcap][/dropcap]त्यन्त कडा सुरक्षा का बीच महानायक राजेश हमालको वैवाहिक कार्यक्रम सुरु भएको छ । आज शुक्रबार करिब १२ बजेपछि विधिवत रुपमा वैवाहिक कार्यक्रम सुरु गरिएको बुझिएको छ । rajesh hamalराजधानीको दरबारमार्गस्थित होटल अन्नपुर्णमा हमालको स्वयंबरका लागी उनी निकट केहि आफन्त तथा नातेदारहरु पुगिसकेका छन । स्वयंबरका लागी होटल परिसरमा आउदा हमाल ढाका टोपी कोट तथा दौरा सुरुवालमा सजिएका थिए । हमालसंगै उनका सहयोगी तथा निकटस्थ केहि इष्टमित्र पनि होटलभित्र प्रवेश गरेका छन ।
यता सञ्चारकर्मीलाई भने होटलको गेट बहिर नै सुरक्षा गार्डले रोकेका छन । हमालको विवाहमा मिडियालाई कुनै पनि फोटो तथा र अन्य दृश्यहरु कैद गर्न रोक लगाइएको छ । हमालले यो आफ्नो नितान्त ब्यक्तिगत कुरा भएकोले बाहिर सार्वजनिक गर्न नचाहेको बुझिएको छ । मधु भट्टराईसंगको लामो समयको प्रेम पछि विवाह गर्न लागेका हमालले विवाह समारोहमा उपस्थित केहि आफन्तलाई शुक्रबार साझ नै भोज खुवाउनेछन । अन्य फिल्मकर्मी तथा सञ्चारकर्मी र शुभेच्छुकलाई भने आउदो १४ गते भोजको कार्यक्रम राखिएको छ ।

Namaste Filmy

Read Previous

"अग्नि परिक्षा "को सिक्वेल बन्ने ।"हाम्लाई पनि मायाले हेर पार्वती' रिमिक्स गरिने

Read Next

फिल्म 'हिरोपंती'ले पहिलो दिन सात करोड कमायो ।