फिल्म 'हिरोपंती'ले पहिलो दिन सात करोड कमायो ।

[dropcap]शु[/dropcap]क्रबारबाट प्रदर्शनमा आएको हिन्दी फिल्म हिरोपंतीले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । फिल्मले रिलिजको दिन शुक्रबार ७ करोड कलेक्सन गरेका रिपोर्ट आएको छ । 23-heropanti-2014-review-1शनिवार फिल्मको कलेक्सन योभन्दा पनि उच्च रहने अनुमान गरिएको छ । यसरी पहिलो वीकेन्डमा नै फिल्मले राम्रो कमाउने संकेत देखाएको छ । जैकि श्राफका छोरा टाइगर श्राफ र कृति सनन को डेब्यु अभिनय रहेको फिल्मलाई सब्बीर खानले निर्देशन गरेका हुन ।
यता शुक्रबार नै रिलिज भएको रजनीकान्त अभिनित फिल्म कोचादैया ले पनि दर्शकको राम्रो रेस्पोन्स पाइरहेको बताइन्छ । ब्यापारमा हिरोपंती भन्दा कम भए पनि रजनी कान्त जैकी श्राफ जस्तो चलेका अनुहारका कारण फिल्मको चर्चा भने अधिक रहेको छ । फिल्ममा दिपिका पादुकोणको पनि अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

होटल अन्नपुर्णमा हुदैछ, महानायकको विवाह । सञ्चारकर्मी गेट बहिरै ।

Read Next

महानायकले रंगाए वास्तविक दुलहिको सिउदो । फोटो फिचर ।