फिल्म 'पुन्टे परेड'को फस्टलुक रिलिज ।

[dropcap]सु[/dropcap]बास कोइरालाको निर्देशन रहेको चलचित्र पुन्टे परेडको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रम को बिच फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा प्राय फिल्मका सबै मुख्य कलाकारहरु फिचरिङ छन । Punte pared nepali movieचलचित्र पुन्टे परेडलाई हरि महत र सुरज कोइरालाले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा संयम पुरी,एन्जिला दाहाल, नट्टु शाह, रबिन्द्र खड्का, गीता अधिकारी, स्वेता थापा लगायतको अभिनय रहेको छन् भने अभिनेत्री प्रियंका कार्कीको बिशेष भूमिका रहेको छ । तारा प्रकाश लिम्बुको संगीत , निलु डोल्मा शेर्पाको कन्सेप्ट, शान बस्न्यातको कथा,बाबु थापाको छायांकन तथा उज्जवल ढकालको सम्पादन रहेको छ । भर्खर एस एल सी सकेर प्लस २ पढन आएका युवाको कथामा आधारित आफ्ना कल्पनालाई यथार्थमा उतार्न किशोरकिशोरीले गर्ने प्रयासलाई फिल्ममा कमेडी तरिकाले प्रस्तुत गरिएको छ । फिल्म अगामी साउन २ गतेबाट प्रदर्शनमा आउनेछ ।

Namaste Filmy

Read Previous

बलिउडमा नयाँ पोर्न स्टारको इन्ट्री । सन्नी लियोनलाई चुनौती ।

Read Next

दर्शकको मन जित्दै 'मेरो बेस्ट फ्रेन्ड'। शनिवार गर्यो उच्च कलेक्सन ।