दर्शकको मन जित्दै 'मेरो बेस्ट फ्रेन्ड'। शनिवार गर्यो उच्च कलेक्सन ।

[dropcap]शु[/dropcap]क्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ले उत्साहजनक ब्यापारको सुरुवात गरेको छ । रिलिजको पहिलो दिन  शुक्रबार केहि कम ब्यापार गरेपनि दोस्रो दिन शनिबारको कलेक्सन उच्च रहेको निर्देशक प्रसन्न पौडेलले बताएका छन । राजधानीको अधिकांश मल्टिप्लेक्स हरुमा फिल्म हाउस फुल रहेको उल्लेख गर्दै उनले भने- ‘क्यु एफ एक्स, सिभिल , अस्टनारायण, गुण सिनेमा, गोपी कृष्ण, गंगा हल लगायतको मेजर स्टेशनहरुमा टिकट नपाएर दर्शकहरु फर्किएका छन ।’ शनिबार राजधानीका हलहरुमा टाइगर श्राफ अभिनित हिन्दी फिल्म हिरोपंतीलाई समेत ‘मेरो बेस्ट फ्रेन्ड’ले बिस्थापित गरेको थियो । mero best frend 2यता फिल्मले गरेको कलेक्सनको बारेमा भने भोलीसम्म सबै रिपोर्ट आइसक्ने वितरक को भनाई छ । शनिबारको कलेक्सन हेर्दा एक सातामा फिल्मले लगानी सेभ गर्ने पनि उनीहरुको तर्क थियो ।
फिल्मलाई आशावादी फिल्मसको ब्यानरमा प्रजिता बज्रचार्य ले निर्माण गरेकी हुन । प्रसन्न पौडेलको दोस्रो निर्देशन रहेको फिल्ममा रेश मरहठा, प्रियंका कार्की, दिवस उप्रेती, किरण लकौल, केकी अधिकारी, सुनिल थापा लगायतको अभिनय रहेको छ ।
फिल्म राजधानी र मोफसलका केहि हलहरुमा रिलिज भएको हो । यसरी मोफसलका अधिकांश मेजर स्टेशनहरुमा रिलिज हुन बाँकी रहेकोले फिल्मले उत्कृष्ट ब्यापार गर्नेमा निर्माण युनिट ढुक्क देखिएका छन ।

Namaste Filmy

Read Previous

फिल्म 'पुन्टे परेड'को फस्टलुक रिलिज ।

Read Next

हेटौडामा गरियो, चलचित्र 'खतरनाक'को शुभमुर्हत ।