हेटौडामा गरियो, चलचित्र 'खतरनाक'को शुभमुर्हत ।

राजेन्द्र कार्की, हेटौडा ।
[dropcap][/dropcap] बी फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागीरहेको चलचित्र “खतरनाक” को शनिबार हेटौंडामा शुभमुर्हत गरिएको छ । निर्देशक ऋषि न्यौपानेको सभाध्यक्षमा भएको शुभमुर्हत कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख गणेश ऐर, अतिथिहरु चलचित्र निर्माता नरेन्द्र महर्जन, पत्रकार महासंघ केन्द्रिय सदस्य प्रतापविष्ट, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष रामशरण दुलाल, नायिका हर्षिका श्रेष्ठ, नायक विरेन्द्र डिसि, चलचित्र कथाकार मौनता श्रेष्ठ, हेटौडेली नायक अमिर गौतम लगायतको उपस्थिती रहेको थियो ।khatarnak nepali movie1शुभमुर्हतको क्रममा चलचित्रकर्मी तथा अतिथि नरेन्द्र महर्जनले नरिवल फोडि विधिवत चलचित्रको अनरोल गर्दै उदघाटन गरिएको थियो । फिल्म छयांकनको लागी लगभग दुइ हप्ता चलचित्र युनिट हेटौंडा रहने छ । चलचित्रका कलाकारहरुमा विरेन्द्र डिसि राउडी, हर्षिका श्रेष्ठ, अमित कुँइकेल, दिनेश राज पाण्डे, दिनेश केसी, सुरज बर्तौला लगाएत रहने बताइएको छ । एक्सन, कमेडी, सन्सपेन्सको संयोजनका साथै प्रेमकथामा आधारित चलचित्रको कथा तथा संवाद मौनता श्रेष्ठको रहेको छ ।khatarnak nepali movieचलचित्रका गीतहरुमा अमित श्रेष्ठ, टंक बुढाथोकी, बिशाल ढकालको संगीत र राजेश पायल राई, निमा रुम्बा, मान्डवी त्रिपाठी र रेजिना रिमालको स्वर दिएका छन । निर्देशक न्यौपानेले जाल, डन, खलनायक, टक्कर दुइ मुटु, मेरो राजेश दाई, लक, ब्रम्हा, कमिना, जोश लगायतका चलचित्रहरु निर्देशन गरिसक्नु भएको छ ।
त्यस्तै ऋषि लामिछानेद्धारा निर्देशन गरिने चलचित्र हवल्दार सुन्तली को पनि हेटौडामा छायाँकन कार्य हुने भएको छ । दुइ दिनको छायाँकन स्थलको अध्ययन भ्रमण गर्दै निर्देशक लामिछाने सहितको टोली काठमाण्डौं फर्किएका छन । छविराज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको सो चलचित्रमा शिल्पा पोखरेल सुन्तलीको भूमिकामा देखिदै छिन । चलचित्रमा शिल्पा संगै किशोर खतिवडाको मुख्य भूमिका रहने छ । केहि वर्ष अघि सुदुरपश्चिम नेपालको प्रहरी चौकीमा ड्यूटिमा रहेका प्रहरीद्धारा आफ्नै सहकर्मी सुन्तली धामीलाई बलात्कृत गरिएको घटनामा केन्द्रित रहेको चलचित्रको बजेट सवा लाख रहने पनि निर्देशक लामिछानेले बताएका छन । चलचित्रको छायाँकन कार्य भने जेष्ठ १८ गते देखि प्रारम्भ भई लगभग दुइ हप्तामा समाप्त गरिने पनि निर्देशक लामिछानेले बताउनु भएको छ ।

Namaste Filmy

Read Previous

दर्शकको मन जित्दै 'मेरो बेस्ट फ्रेन्ड'। शनिवार गर्यो उच्च कलेक्सन ।

Read Next

'हिरोपंती'लाई पछि पार्दै 'कोचादैंया'ले गर्यो उत्कृष्ट ब्यापार ।