'हिरोपंती'लाई पछि पार्दै 'कोचादैंया'ले गर्यो उत्कृष्ट ब्यापार ।

[dropcap][/dropcap]त शुक्रबार रिलिज भएको प्रतिक्षित फिल्म हिरोपंतीलाई पछि पार्दै रजनिकान्त अभिनीत फिल्म कोचादैया ले बक्स अफिसमा उत्कृष्ट सुरुवात गरेको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार मात्रै १४ करोडभन्दा बढि कलेक्सन गरेको बताइन्छ । यो पछिल्लो समय बलिउडको लागी निकै उच्च कलेक्सन हो । Kochadaiyaan-movie-hindi1त्यस्तै शनिबार फिल्मको कलेक्सन अझै उच्च रहेको र आइतबार पनि उत्साहजनक कलेक्सन गर्ने सम्भावना छ । यसरी फिल्म पहिलो विकेन्डमा ५० करोड भन्दा बढिको ब्यापार गर्ने देखिएको छ । विजनेशको यहि रफ्तार रहने हो भने फिल्म यस बर्ष सय करोड क्लबमा प्रवेश गर्ने तेस्रो फिल्म बन्नेछ ।
कोचादैया बलिउडकै पहिलो ३ डी एनिमेटेड फिल्म हो । फिल्ममा रजनीकान्त, दिपिका पादुकोण, जैकी श्राफ लगायतको अभिनय रहेको छ भने फिल्मलाई रजनीकान्तकी छोरी सौदर्य ले निर्देशन गरेकी हुन । फिल्मलाई हिन्दी को अत्तिरिक्त कनाडा, तमिल, अंगे्रजी आदी भाषामा पनि रिलिज गरिएको थियो । फिल्म अत्यन्त महंगो बजेटमा बनेको बताइएको छ ।
त्यस्तै शुक्रबारबाटै कोचादैयासंगै रिलिज भएको फिल्म हिरो पंती ले पनि बक्सअफिसमा राम्रो सुरुवात गरेको छ ।

Namaste Filmy

Read Previous

हेटौडामा गरियो, चलचित्र 'खतरनाक'को शुभमुर्हत ।

Read Next

चितवनमा हमाल जोडी । महानायकले पुख्र्यौली घरमा श्रीमति भित्र्याए । फोटो फिचर ।