चितवनमा हमाल जोडी । महानायकले पुख्र्यौली घरमा श्रीमति भित्र्याए । फोटो फिचर ।

[dropcap][/dropcap]निबार मात्र वैवाहिक बन्धनमा बाधिएका महानायक राजेश हमाल आइतबार चितवन हुदै नवलपरासी पुगेका छन । नवलपरासीको रजहर स्थित आफ्नो पुर्खौली घरमा श्रीमति मधु भट्टराईलाई विधिवत रुपमा भित्र्याउनको लागी उनी नवरपरासी पुगेका हुन ।Rajesh hamal and Madhu bhattaraiउनी बुद्ध एयरको जहाजबाट भरतपुर विमानस्थल मा ओर्लिएका थिए र त्यहाँ बाट निजी सवारी साधनमा नवलपरासी स्थित घर प्रस्थान गरेका थिए । शनिवार मात्रै विहे गरेका हमालले आफ्नो पुख्यौली घरमा श्रीमति भित्र्याउनकै लागी नै राजधानी स्थित घरमा नभित्र्याएको बताए । शनिबार होटल अन्नपुर्ण मा हिन्दु परम्पराअनुसार विवाह गरेका हमालको कपुरधारास्थित घरमा कुनै रमझम देखिएको थिएन । उनले विवाह लगतै द्धरिका रिसोर्ट धुलिखेलमा श्रीमतिसंग पहिलो रात बिताएका थिए । Rajesh hamal and Madhu bhattarai9आइतबार उनले पुख्र्यौली रजहरस्थित घरमा परम्पराअनुसार पण्डितद्धरा पुजाआज गरी श्रीमति भित्र्याएका छन । हमाल आइतबार नै राजधानी फर्किने बताइएको छ ।
यसै क्रममा भरतपुर विमानस्थलमा नमस्तेफिल्मी संग कुरा गर्दै हमालले आफ्नो जिन्दगीको नयां अध्याय सुरु भएको बताए । मधुसंग आफु सधै खुशी रहने र मधुलाई पनि खुशी राख्ने उनको भनाई थियो । एक फरक प्रसंगमा उनले हास्दै भने- ‘यति लामो समयको प्रतिक्षा पछि विवाह त गरियो अब फिल्म निर्देशन पनि छिट्टै गर्छु ।’Rajesh hamal and Madhu bhattarai3त्यस्तै मधुले महानायकसंग विवाह गर्न पाउनु आफ्नो लागी जिन्दगीकै खुशीको कुरा रहेको बताइन । हमालजस्तो असल र महान ब्यक्ति संग विवाह गर्न पाउनु नै आफ्नो सौभाग्य रहेको उनको भनाई थियो ।
हमालले ९ बर्ष लामो मधुसंगको प्रेमसम्बन्धलाई शनिबार विवाहमा परिणत गरेका हुन । केहि सिमित आफन्तहरुको उपस्थितिमा दरबारमार्गको पांचतारे होटल अन्नपुर्णमा सम्पन्न विवाहमा मिडिया प्रबेशमा रोक लगाइएको थियो । विवाह लगतै हमाल सुहागरात मनाउन द्धरिका रिसोर्ट धुलिखेल पुगेका थिए । धुलिखेलमा रुमरेस्ट गरिरहेको केहि तस्बिरहरु हमालले आफ्नो अफिसियल फेसबुमार्फत सार्वजनिक समेत गरेका थिए ।

थप फोटोहरु हेर्नहोस :

Rajesh hamal and Madhu bhattarai1 Rajesh hamal and Madhu bhattarai8 Rajesh hamal and Madhu bhattarai2 Rajesh hamal and Madhu bhattarai4 Rajesh hamal and Madhu bhattarai7 Rajesh hamal and Madhu bhattarai5 Rajesh hamal and Madhu bhattarai6

Namaste Filmy

Read Previous

'हिरोपंती'लाई पछि पार्दै 'कोचादैंया'ले गर्यो उत्कृष्ट ब्यापार ।

Read Next

शुभेच्छालाई घाम नडुब्दै रात परेपछि । भिडियो ।