मोडल रश्मी तामाङले गरिन प्रेमीसँग बिहे

मोडल रश्मी तामाङले विवाह गरेकी छन् । उनले गोर्खाको अनिल राना मगरसँग लगन गाँठो कसेकी हुन् ।अनिलसँग आफ्नो विवाह गरेको रश्मीले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् ।

रश्मीले गते १२ गते अनिलसँग विवाह गरेको बताइएको छ । विवाह लगतै उनी अमेरिका पनि उडेकी छन् । लोक तथा आधुनिक गीतका म्युजिक भिडियोको लोकप्रिय मोडल रश्मीले ६ सय बढी गीतमा मोडलिङ गरेकी छन् ।

रश्मी अनिलसँग पछिल्लो एकबर्ष यता प्रेममा थिइन् । अनिल रश्मी भन्दा पाँचबर्ष कान्छा हुन् । अनिल २५ बर्षका पुगे भने रश्मी ३० बर्ष पुगेकी छिन् । रश्मीले प्रेममा जात, धर्म, उमेर नहेरिने बताइन् । ‘हामी प्रेममा रहेको धेरै समय पनि भएको छैन । एकअर्काको मन मिल्यो, त्यसमा कुनै जात वा उमेरले छेकेन ।

Namaste Filmy

Read Previous

गायक प्रकाश सपूतलाई कोरोना

Read Next

बलिउडअभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण