‘धारै नखोली’मा पूजा शर्मा ,आँचल शर्मा र आकाश श्रेष्ठ (भिडियो)

नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् ।

यो गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।भिडियोमा पूजा र आँचल आकाश र रोशनसँग रोमान्टिक देखिएका छन् । विधानले डान्सिङ नम्बरमा कलरफूल भिडियो तयार पारेका छन् ।

Namaste Filmy

Read Previous

बलिउडअभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण

Read Next

नायिका श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन