नायिका श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन

नायिका श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको कोरोना भाइरस संक्रमितबाट निधन भएको छ ।रिदम, ब्ल्याकमेल, प्रोड्यूसर आदि नेपाली फिल्मकी नायिका श्वेता भट्टराईले आफ्ना श्रीमान् गुमाएकी छिन् ।नायक जीवन लुइँटेलले आफ्नो फेसबुक मार्फत श्वेताका श्रीमानको निधन भएको जानकारी दिएका हुन् ।

श्वेताका श्रीमान् मिलन सापकोटाको मंगलबार उपचारकै क्रममा चावहिलस्थित एक हस्पिटलको हाई डिपेन्डेन्सी यूनिटमा निधन भएको उनका परिवार सदस्यले जानकारी गराएका छन् ।सापकोटा कोरोना भाइरसबाट संक्रमित थिए ।

सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् ।सापकोटासंग बैबाहिक जीवनमा बाँधिएपछि श्वेताले अभिनय जीवनबाट टाढा थिइन् ।उनीहरुका एक सन्तान पनि छन् ।

अक्सिजनको लेभल अत्यन्त कम भएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।उनको मंगलवार दिउँसो ३ बजे निधन भएको हो ।सापकोटा एमाले निकटको राष्ट्रिय युवा संघ नेपालसंग आवद्ध थिए ।

Namaste Filmy

Read Previous

‘धारै नखोली’मा पूजा शर्मा ,आँचल शर्मा र आकाश श्रेष्ठ (भिडियो)

Read Next

निरायु गौतमको ‘मायाको पानामा’ ‘तितो सत्य’का राज आचार्य र ‘सक्किगोनी’को ‘मुन्नी’(भिडियो)