अनमोल केसीको चलचित्र ‘माइतीघर २’का निर्देशक सुवोध चोपडाको निधन

नायक अनमोल केसीको नया चलचित्र ‘माइतीघर २’का निर्देशक सुवोध चोपडाको निधन भएको छ ।उनको आज मुम्बइमा निधन भएको निर्माता भुवन केसीले जानकारी दिएका हुन् । कोरोनाका कारण उनको भारतको मुम्बईमा निधन भएको हो ।

सुवोध चोपडाको निधन भएपछि नायक अनमोल केसीले पनि दुःख व्यक्त गरेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै आफू स्तब्ध भएको बताएका छन् । अनमोल केसीले सामाजिक सञ्जालमार्फत सुबोधको निधनको खबर बाहिर ल्याएका हुन् । ‘एक धेरै दुःखद समाचार साच्चै म अझै स्तब्ध छु’ अनमोलले अगाडि लेखेका छन् ‘मेरो आगामी प्रोजेक्ट ‘माइती घर २’ का निर्देशक सुबोध चोपडा अब हामीसँग हुनुहुन्न् । म अझै पनि तपाईको खुशी र जीनियश दिमाग सम्झन्छु ।’

अनमोलले, ‘माइतीघर २’लाई उत्कृष्ट बनाउने सुवोधको सपना दि सुपर काजोल फिल्मस्ले पुरा गर्ने बताएका छन् ।सुवोध चलचित्र ‘माइतीघर २’ बनाउनका लागि केही महिनादेखि लागिपरेका थिए । सन् १९९७ देखि नै चलचित्रमा सक्रिय रहेका सुवोध स्क्रिप्ट राइटर हुन् । उनले ‘मर्डर, रोग, तुमसा नहीँ देखा’ लगायतका चलचित्रको स्क्रिप्ट लेखेका थिए ।

Namaste Filmy

Read Previous

निरायु गौतमको ‘मायाको पानामा’ ‘तितो सत्य’का राज आचार्य र ‘सक्किगोनी’को ‘मुन्नी’(भिडियो)

Read Next

राजनराज सिवाकोटी र जुनु रिजालको ‘मै मत्ते जवानी’मा सुनिल र लोसिना रोमान्टिक