राजनराज सिवाकोटी र जुनु रिजालको ‘मै मत्ते जवानी’मा सुनिल र लोसिना रोमान्टिक

चर्चित गायक तथा संगीतकार राजनराज सिवाकोटी र जुनु रिजाल काफ्लेको स्वरमा ‘मै मत्ते जवानी’ सार्वजनिक भएको छ। गीतमा राजेन्द्र थापाको शब्द र गायक सिवाकोटीकै सङ्गीत सुन्न सकिन्छ।

सार्वजनिक गीतको म्युजिक भिडियोलाई सुनिल क्षेत्रिले कोरियोग्राफी र निर्देशन गरेका हुन्। जहाँ सुनिल क्षेत्रि र लोसिना लामिछानेको रोमान्टिक जोडी देख्न सकिन्छ।

समिता स्नेह एंटरटेनमेंटले गीतलाई बजारमा ल्याएको हो। समिता स्नेह एंटरटेनमेंटले दर्जन बढी गीतहरु बजारमा ल्याइसकेको छ। दिपक गिरीले खिचेको म्युजिक भिडीयोमा अमृत चापागाईंको सम्पादन ,जोन्सन खत्रीको मेकअप समाबेस छ।

Read Previous

अनमोल केसीको चलचित्र ‘माइतीघर २’का निर्देशक सुवोध चोपडाको निधन

Read Next

शिव परियार र रचना रिमालको स्वरमा “सुनको चन्द्रमा” सार्वजनिक (भिडियो)