शुभेच्छालाई घाम नडुब्दै रात परेपछि । भिडियो ।

[dropcap][/dropcap]लचित्र टाइगर द रियल हिरोको एक गीत सार्वजनिक गरिएको छ । होला र मिलन बोलको यस गीतमा फिल्मका कलाकारहरु शुभेच्छा थापा, अशोक फुयाँल र समिक्षा अर्याल फिचरीङ छन । दुर्गा खरेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा उत्तम गौडेलको शब्द रहेको छ । Tiger the real hero nepali movieयसअघि यस गीतको प्रोमो सार्वजनिक गरिएको थियो । अडियोमा निकै रुचाइएको यस गीतलाई दर्शकले राम्रो साथ दिने निर्माण पक्षको दाबी छ ।
फिल्मलाई ब्यस्त निर्देशक राजु गिरीले निर्देशन गरेका हुन । शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा काजोल गिरी शंकर गिरी फिल्मका निर्माता रहेका छन । फिल्ममा शुभेच्छा थापा, अशोक फुयाँल, समिक्षा अर्याल, शुसान्त कार्की, प्रकाश बिसी लगायतको अभिनय रहेको छ । फिल्मको रिलिज मिति अगामी साउन २३ गते तोकिएको छ ।

भिडियो हेर्नुहोस:

Namaste Filmy

Read Previous

चितवनमा हमाल जोडी । महानायकले पुख्र्यौली घरमा श्रीमति भित्र्याए । फोटो फिचर ।

Read Next

सर्वत्र चर्चा बटुल्दै 'ठुली' । बितरकहरु पछि लागे ।