अभिनेता रमित ढुंगानाले अनाथ बालबालिकाको दिए एक लाख सहयोग

अभिनेता रमित ढुंगानाले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ ले सञ्चालन गर्दै आएको बाल आश्रमलाई आर्थिक सहयोग गरेका छन् । कोरोनाको महामारीको समय फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको खाद्यान्नका लागि भन्दै उनले नगद १ लाख सहयोग गरेका हुन् ।

रमितले उक्त सहयोग फाउण्डेसनकी सञ्चालक श्वेता केसीलाई फाउण्डेशनको कार्यालयमै पुगेर दिएका हुन् । केसीले विगत १३ वर्षदेखि फाउन्डेसनमार्फत एक बाल आश्रम चलाउँदै आएकी छन् । जसमा अहिले २५ जना अनाथ बालबालिकाहरु आश्रित रहेका छन् ।

निषेधाज्ञा जारी हुनु केही अगाडि मात्र अमेरिकाबाट नेपाल आएका रमितले केही दिन अगाडि पनि अभिनेता दिलीप रायमाझीसँग मिलेर मोरङको पथ्री–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय परिवारलाई खाद्यान्न वितरण गरेका थिए । ‘महामारीको समयमा बाँचौं र बचाऔं’ भन्ने उद्देश्यले आफुले सहयोगी हात बढाउँदै आएको रमित बताउँछन् ।

Namaste Filmy

Read Previous

शिव परियार र रचना रिमालको स्वरमा “सुनको चन्द्रमा” सार्वजनिक (भिडियो)

Read Next

शिव र रचनाको ‘सुनको चन्द्रमा’लाई दर्शकको उत्कृस्ट प्रतिक्रिया ,ट्रेन्डिङको नम्बर १० मा (भिडियो)