शिव र रचनाको ‘सुनको चन्द्रमा’लाई दर्शकको उत्कृस्ट प्रतिक्रिया ,ट्रेन्डिङको नम्बर १० मा (भिडियो)

सुगम संगीतमा लामो समयदेखि राज गर्दै आएका गायक शिव परियारले यस पटक केही फरक प्रयास गरे । सुगम संगीत र चलचित्रको पार्श्व गायनमा निकै रुचाइएका शिवले पहिलो पटक लोक लयको गीतमा हात हाले ।केही दिन अघि मात्र लोकलयमा उनको ‘सुनको चन्द्रमा’ बोलको गीत सार्वजनिक भयो । नव उदयीमान गायिका रचना रिमालसँग शिवले पहिलो पटक युगल गीत गाए ।

शिवको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतले दर्शक श्रोताको मन जितिरहेको छ । गीतले सुरुको दिनमा ह्वात्तै हाइप लिन नसकेपछि बिस्तारै चर्चाको शिखरतर्फ लम्क्दैछ । गीतलाई अहिले दर्शकहरुले रुचाइरहेका छन् ।गीतमा शिव र रचनाको युगल गाएनलाई निकै रुचाइएको छ भने शब्द संगीत पनि दर्शक श्रोताले मन पराएका छन् ।म्युजिक भिडियोले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ।

गीतले युट्युबमा बिस्तारै राम्रो भ्युअर्स बटुलिरहेको छ । यो समाचार तयार हुँदासम्म २ लाख ८० भन्दा धेरै पटक गीतलाई युट्युबमा हेरिएको छ भने करिब ६ सयले प्रतिक्रिया जनाएका छन् । उनीहरु मध्ये अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन् । भिडियोलाई ११ हजार भन्दा बढीले लाइक गरेका छन् भने करिब २ सयले डिसलाइक गरेका छन् ।

गीतको भिडियो पनि बिस्तारै युट्युब ट्रेन्डिङमा उकालो चढिरहेको छ । अहिले गीत ट्रेन्डिङ नम्बर १० मा रहेको छ । युट्युबसँगै टिकटकमा पनि गीतले चर्चा कमाइरहेको छ ।गीतका गायक शिवले गीतले रफ्तार लिइरहेको बताए । उनले दर्शक श्रोतालाई केही फरक दिनका लागि पहिलो पटक लोक लयको गीत गाएको र यसले राम्रो प्रतिक्रिया पाइरहेको पनि बताए ।

गीतमा कलाकार पुष्प आचर्याको शब्द रचना छ। दीपक शर्माको संगीत रहेको गीतमा ओम सुनारले संयोजन गरेका छन् ।रबि एण्ड उषा मिडियाद्धारा निर्मित गीतको भिडियोलाई चर्चित नृत्य निर्देशक शंकर बिसीले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन पनि बिसीकै रहेको छ । भिडियोमा बीसीसँगै शोभित बस्नेत, उत्सव अधिकारी, दीपा-दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको छ ।

दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई नबिन घर्ति मगरको सम्पादन गरेका हुन् । गीतको भिडियो चिववनकै पर्यटकीय स्थल भरतपुरस्थित पटिहानीमा छायांकन गरिएको हो । यस गीतको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट ,राप्ती नदि ,थारु सस्कृति,बाेटे सस्कृति,हात्ती सफारी र थारु कल्चरलाई देखाउन खोजिएको छ । भिडियोको माध्यमबाट पटिहानीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने समेत निर्माण युनिटको विश्वास छ ।

Namaste Filmy

Read Previous

अभिनेता रमित ढुंगानाले अनाथ बालबालिकाको दिए एक लाख सहयोग

Read Next

सागर अधिकारीको ‘दुई मुटु’मा अनु शाह र डा. डीआर उपाध्याय (भिडियो)