सुगम र समिक्षाको ‘आँटी दे मैना’मा दिपाश्रीसग सन्दिपको रोमान्स (भिडियो)

गायक सुगम पोखरेल र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘आँटी दे मैना’को भिडियो सार्वजनिक गरिएको छ ।राजेन्द्र भट्ट (मिस्टर आरजे) को संगीत रहेको छ भने आरजे र नवराज कलाउनेले गीतको शब्द लेखेका हुन् ।

गीतको भिडियोमा दिपाश्री निरौला, सन्दिप क्षेत्री र निर्मल शर्माको अभिनय छ । दिपालाई भिडियोमा पनि अविवाहित नारीको भूमिकामा प्रस्तुत गरिएको छ ।

सार्वजनिक म्युजिक भिडियोलाई दिपाश्री निरौला निर्देशन गरेकी हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई हरि हुँमागाईंले छायाँकन गरेका हुन् ।जितेन्द्र स्वाँर कार्यकारी निर्माता रहेको भिडियो निर्माणमा झन्कर कुँवर र गोकुल कुँवरले लगानी लगाएका छन् । भिडियोको सम्पादन विपिन मल्लले गरेका हुन् ।

Namaste Filmy

Read Previous

‘दोस्ताना-२’मा कार्तिक आर्यनको ठाउमा अक्षय कुमार

Read Next

अनन्त प्रसाद तिमिल्सिनाको निर्देशकमा ‘अधूरो प्रेम’ सार्वजनिक