चलचित्र ‘मिस्टर भर्जिन’का निर्देशक विशारद बस्नेतको निधन

चलचित्र निर्देशक विशारद बस्नेतको निधन भएको छ । कोरोनाको कारण उनको शुक्रबार निधन भएको हो । काठमाडौको मेडिसिटी अस्पतालमा कोरोनाको उपचारको क्रममा बस्नेतको निधन भएको हो ।

‘मिस्टर भर्जिन’ र ‘न यता न उता’ नामक दुई फिल्मको निर्देशन गरेका बस्नेतकलाकार पनि हुन् । लामो समय मुम्बई बसेर संघर्ष गरेका बस्नेतले ‘सुश्री सम्पती’ ,‘दुई रुपैंयाँ’ लागायतका चलचित्र समेत अभिनय गरेका थिए ।

बस्नेतले कोरोनाको कारण केही अगाडि पिता समेत गुमाएका थिए । निर्देशक बस्नेतको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । बस्नतेले मण्डला थियटरमा ‘क्लाउन एट वर्क’ शीर्षकको कार्यशाला सन्चालन गरेका थिए । बस्नेतले मण्डलाको प्रोडक्सन ‘बार दुर्वासा’मा अभिनय पनि गरेका थिए ।

Namaste Filmy

Read Previous

अनन्त प्रसाद तिमिल्सिनाको निर्देशकमा ‘अधूरो प्रेम’ सार्वजनिक

Read Next

नायिका सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेलले गरे विवाह