नायिका सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेलले गरे विवाह

अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले लगन गाँठो कसेका हुन् । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्ति मात्र सहभागी रहेको थियो । दुबैका नजिकका फिल्मकर्मी समेत विवाह समारोहमा सहभागी भएका थिए ।

कोरोना महामारीका बीच उनीहरुले गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्ने निर्णय गर्दै विवाह निर्णय गरेका थिए । रौनकले ‘कबड्डी र मिस्टर झोले’ फिल्मको निर्माण गरेका छन् ।

फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुपुष्पाले ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ मा काम गरेकी छन् । ‘चपली हाइट ३’ भने प्रदर्शनमा आउन बाँकी रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘मिस्टर भर्जिन’का निर्देशक विशारद बस्नेतको निधन

Read Next

दिपक सिलवालको ‘ठुलो दाइको फूलमाला’मा सरोज र आश्माको रोमान्स (भिडियो)