दिपक सिलवालको ‘ठुलो दाइको फूलमाला’मा सरोज र आश्माको रोमान्स (भिडियो)

दिपक सिलवालको शब्द तथा संगीत रहेको गीत ‘ठुलो दाइको फूलमाला’ सार्वजनिक भएको छ ।गीतमा चर्चित गायिका मेलिना राई र आरसी रिमालको स्वर रहेको छ। गीतको एरेन्ज सहस शाक्यले गरेका छन् ।

माया प्रेमको चर्चा गरिएको रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । साथमा शिशिर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई भिडियोमा हेर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=2E63qV3bQno

डान्सिङ शैलीमा निर्माण भएको भिडियोमा कोरियोग्राफरले निकै आकर्षक डान्सिङ स्टेप प्रयोग गरेका छन् । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोमा माइकल चन्दको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

Namaste Filmy

Read Previous

नायिका सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेलले गरे विवाह

Read Next

बलिउड अभिनेता दिलीप कुमारको निधन