सर्वत्र चर्चा बटुल्दै 'ठुली' । बितरकहरु पछि लागे ।

[dropcap]नि[/dropcap]र्माण सुरु भएदेखि नै सर्वाधिक चर्चामा रहेको फिल्म ‘ठुली’ यतिबेला पोस्ट प्रोडक्सनको क्रममा रहेको छ । राजधानीस्थित सिनेजोन स्टुडियोमा फिल्मको सम्पादन सकाएर डबिङको तयारी भैरहेकोे छ । अब मंगलबार देखि फिल्मको डबिङ कार्य सुरु गरिनेछ ।
यसरी विभिन्न प्रविधिक काममा ब्यस्त फिल्मलाई अब्बल निर्देशक एभरेस्ट सुर्य बोहोरा ले निर्देशन गरेका हुन । उनी सम्पादनको टेबलमै रहँदा पनि फिल्मले पाएको चर्चा र सकारात्मक प्रतिक्रियाले निकै दंग छन । ‘निर्माण सम्पन्न नहुदै फिल्मले पाएको यस्तो सकारात्मक चर्चाले हामी निकै उत्साहित छौ ।’- खुशी हुदै उनले नमस्तेफिल्मी संग भने । thuliत्यसो त फिल्मको छयांकन सुरु हुदा देखि नै फिल्मको अत्याधिक चर्चा हुदै आएको छ । मिडियाहरुले फिल्मलाई पछ्याइरहेका छन भने फिल्म बितरकहरुले पनि पछ्याउन थालेका छन । निर्देशक बोहोराले केहि बितरकहरुले आफुलाई फिल्म दिनको लागी आग्रह गरिसकेको बताए । यसरी बितरकले फिल्म माग्ने चलन हराइसकेको पछिल्लो समयमा पनि आफ्नो फिल्मप्रति बितरकहरुले चासो राख्नु प्रति फिल्मको बिषयबस्तु नै अब्बल रहेको उनको दाबी छ । त्यस्तै फिल्मको मेकिङ, स्कृप्ट, संगीत तथा विभिन्न प्राविधिक पक्ष पनि उत्कृष्ट रहेको बोहोराको भनाई छ ।
उनले फिल्ममा समावेश एक आइटम नम्बर उत्कृष्ट बनेको र दर्शक स्रोताको मन जित्ने बिश्वास ब्यक्त गरे । साथै फिल्मको अडियो गीतहरु पनि छिट्टै सार्वजनिक गरिने उनले बताए ।thuli nepali movieएभरेष्ट कला यात्रा फिल्मसको ब्यानरमा पुस्कर पन्त ले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन । फिल्ममा नायिका गरिमा पन्त, जीवन लुइटेल, कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहाडी लगायतको अभिनय रहेको छ । शेर बहादुर लामाले खिचेको फिल्ममा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्धन्द, बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ ।
स्मरण रहोस फिल्मको केहि साता अघि मात्र छयांकन सकिएको हो । फिल्मको काठमण्डौ, चितवन लगायतका विभिन्न स्थानमा छयांकन गरिएको थियो । नेपाली समाजमा रहेको विभिन्न कुरीतिबिरुद्धको नारी प्रधान चलचित्र ‘ठुली’ अगामी तीजको अवसर पारेर रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

शुभेच्छालाई घाम नडुब्दै रात परेपछि । भिडियो ।

Read Next

अलग्गिदै रणवीर र दिपिका ।