बलिउड अभिनेता दिलीप कुमारको निधन

बुधबार बिहान बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा दिलीप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको हो ।

दिलीप कुमार ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका थिए ।दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।

दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे । उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो ।२००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए ।

Namaste Filmy

Read Previous

दिपक सिलवालको ‘ठुलो दाइको फूलमाला’मा सरोज र आश्माको रोमान्स (भिडियो)

Read Next

नायिका तथा निर्मात्री जेनी कुँवरले गरिन् आत्महत्या