नायिका तथा निर्मात्री जेनी कुँवरले गरिन् आत्महत्या

नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् ।उनले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

जेनी पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् ।

उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता दिलीप कुमारको निधन

Read Next

एलिना चौहान र भुवन प्यासीको तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक