एलिना चौहान र भुवन प्यासीको तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक

गायक भुवन प्यासीको नयाँ तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक गरिएको छ । लोक आधुनिक भाकामा सार्वजनिक गीत ‘मखमली’ मा गायक प्यासीलाई गायिका एलिना चौहानले साथ दिएकी छिन् ।गीतमा शब्द शङ्कर अधिकारी घायलको रहेको छ भने सङ्गीत गायक भुवन प्यासीको नै रहेको छ । गीतमा एरेन्ज राजेन्द्र बजगाईको रहेको छ ।

कोरोना महामारी र यसबाट जोगिनुपर्ने चेतनामूलक टुक्कासँगै माया प्रेमको विषयलाई तीज गीत मार्फत सार्वजनिक गरिएको छ ।वर्तमान परिवेश सुहाउँदो चेतनामूलक गीतलाई तीजको भाकामा निर्माण गरिएको गायक प्यासीको बताए । सुर सङ्गीत स्टुडियोमा निर्माण गरिएको मखमली गीतको म्युजिक भिडियोमा सरिता दान्कुटी र देव महतोको अभिनय रहेको छ ।

चितवनमा नै छायाँकन गरिएको सार्वजनिक गीतको भिडियोमा निर्देशन शिव विकको रहेको छ । रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । गायक प्यासीले गीत आफ्नो अफिसियल यूट्युब च्यालन मार्फत सार्वजनिक गरेका हुन् ।

Namaste Filmy

Read Previous

नायिका तथा निर्मात्री जेनी कुँवरले गरिन् आत्महत्या

Read Next

यश कुमारको ‘तिम्रो मन बदलिएछ’ २० वर्ष पछि मिलन नेवारको स्वरमा (भिडियो)