शर्मिला गुरुङ, सुष्मा ठकुरी र अर्जुन सापकोटा स्वरमा मार्मिक गीत ‘सानी’ सार्वजनिक

मुलुकभित्र भएका बालबालिका बलत्कारका घटनालाई केन्द्रविन्दूमा राखेर सुस्मा ठकुरीले नयाँ गीत ‘सानी’ लिएर आएकी छन । समाजमा छोरीप्रतिको विभेदसँगै छोरीहरु मार्ने र अधिकार नपाउने काम भइरहेको विषयलाई उनले गीतमार्फत उतारेकी छन् । समाजमा छोरीहरुको अधिकार स्थापित गर्न सकिने एउटा सांगीतिक अभियान भएको समेत बताएकी छन् ।

सुष्मा ठकुरीको शब्दमा अर्जुन सापकोटाले तयार पारेको संगीतमा शर्मिला गुरुङ, सुष्मा ठकुरी र अर्जुन सापकोटाको आवाजमा रहेको यो गीतले समाजको प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ । यस गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् भने कुमार रानाले मिक्सिङ गरेका छन् ।

यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोमा रोश्नी कार्की, सुष्मा ठकुरी, प्रज्ज्वल मल्ल, हरि थापा, खेम बा, गोमा न्यौपाने र बालकलाकार सुखुको अभिनय रहेको छ । सीता पराजुलको मेकअप रहेको यो भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।

Namaste Filmy

Read Previous

यश कुमारको ‘तिम्रो मन बदलिएछ’ २० वर्ष पछि मिलन नेवारको स्वरमा (भिडियो)

Read Next

पुष्पन प्रधान र एलिना चौहानको ‘ऐना हेरी हेरी’ सार्वजनिक