धुर्मुस–सुन्तलीको अभिनित फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर रिलिज (भिडियो)

हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । लोकप्रिय हाँस्यजोडी धुर्मस र सुन्तलीले ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् ।‘म त मर्छु कि क्या हो’को ट्रेलरमा बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ।

‘म त मर्छु कि क्या हो’ मा धुर्मुस–सुन्तली सगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय रहेको छ ।सीतारामले कोरोना अगाडि फिल्म ‘सेन्टीभाइरस’ निर्माण गरेका थिए ।

धुर्मुस–सुन्तलीको लेखन र निर्देशन रहेको फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मूभि’ मा रिलिज हुने छ । सुदिप बरालले छायांकन फिल्ममा मिलन श्रेष्ठको सम्पादन, स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ ।

‘म त मर्छु कि क्या हो’भदौ ११ गते डिजिटल प्लेटफर्मबाट रिलिज हुनेछ ।पछिल्लो समय अभिनय भन्दा पनि समाज सेवामा बढी क्रियासिल धुर्मुस–सुन्तलील अहिले भरतपुरको चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् ।

Namaste Filmy

Read Previous

पुष्पन प्रधान र एलिना चौहानको ‘ऐना हेरी हेरी’ सार्वजनिक

Read Next

शिव परियारको स्वरमा मार्मिक गीत ‘धोकेबाज’ को भिडियो सार्वजनिक