शिव परियारको स्वरमा मार्मिक गीत ‘धोकेबाज’ को भिडियो सार्वजनिक

लोकप्रिय गायक शिव परियारको स्वरमा मार्मिक गीत ‘धोकेबाज’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।सुबास कार्की (कार्की जी
) को शब्द र संगीत रहेको ‘धोकेबाज’ लाई बिशाल निरौलाले एरेन्ज गरेका हुन् ।यस अघि एलिना चौहानको स्वरमा सार्वजनिक भईसकेको ‘धोकेबाज’ लाई युटुबमा ८२ लाख भन्दा बढी पटक हेरीसकिएको छ ।

स्मारिका ढकाल ,बिक्रम बुढाथोकी र अधिनायक मान शेरचनको अभिनय रहेको गीतमा धोकेबाज मायालुको कथा प्रस्तुत गरिएको छ । गायक शिव परियारले माया प्रेममा धोका खानेहरुको लागि निकै मार्मिक गीत लिएर आएको र गीतले फिमेल भर्सनमा जस्तै दर्शक तथा स्रोता मन जित्नेमा बताए ।

भिडियोलाई बिक्रम चौहानलेनिर्देशन गरेका हुन् ।मिलन बिश्वकर्मा को सम्पादन रहेको भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् ।भिडियोलाई रामकान्ता न्यौपानेले निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

धुर्मुस–सुन्तलीको अभिनित फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर रिलिज (भिडियो)

Read Next

गायक रामकृष्ण ढकालको स्वरमा ‘तिमी मेरी हुन सकिनौ’को भिडियो सार्वजनिक